कांग्रेसले नेकपालाई सम्झायो चुनावी घोषणापत्र

काठमाडौँ । मुख्य विपक्षी दल नेपाली कांग्रेसले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपालाई चुनावी घोषणापत्र सम्झाएको छ ।  नेकपाले ‘आगामी तीन वर्षभित्र काठमाडौं उपत्यकामा विद्युतीय सवारी साधन मात्र प्रयोग गर्ने’ चुनावी घोषणा पत्रबाट भोट लिएर जितेको तर कार्यक्रम कार्यान्वनको सट्टा अर्थमन्त्रीले विद्युतीय सवारीको कर बढाएको कांग्रेसको भनाइ छ ।

अर्थमन्त्री युवराज खतिवडाले गएको जेठ १५ गते ल्याएको बजेटमा विद्युतीय सवारी साधनको आयातमा कर वृद्धि भएको घोषणा गर्नु भएको थियो । विद्युतीय सवारीमा कर बढाउने अर्थमन्त्रीको घोषणाको चौतर्फी विरोध हुँदै आएको छ ।

आज सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठक सुरू गरेलगत्तै कांग्रेस सांसदले उठेर विरोध गरेका थिए । त्यसपछि बोल्नु भएका सांसद देवेन्द्रराज कँडेलले विद्युतीय सवारी साधनमा कर वृद्धि गर्ने निर्णय फिर्ता लिन माग गर्नु भयो । उहाँले विद्युतीय सवारी साधनमा करिब एक सय १३ प्रतिशत कर वृद्धि गर्ने निर्णय फिर्ता लिनुपर्ने बताउनु भयो ।०००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *