बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

एमसीसीबारे छलफल गर्न नेकपाले बोलायो सचिवालय बैठक
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो ४ बजेका लागि डाकिएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल हुने बताइएको छ ।
एमसीसीको विषयलाई लिएर सडक र सदनमा चर्को बिरोध चलिरहेका बेला नेकपाले छलफल गर्न बैठक डाकेको हो । एमसीसी बारे नेकपाभित्र नै मत बाझिदै आएको छ ।
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली एमसीसी सम्झौता संसदबाट तत्काल पास गर्ने पक्षमा हुनुहुन्छ । भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले एमसीसीबारे अध्ययन गर्न पार्टीले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा बनाएको कार्यदलको प्रतिवेदनबारे स्थायी कमिटीमा छलफल गर्नुपर्ने बताउँदै आएका छन् ।
कार्यदलले एमसीसी सम्झौता परिर्माजन नगरी संसदबाट पास गर्न नहुने सुझाव दिएको छ । मुख्य विपक्षी नेपाली कांग्रेसले भने एमसीसी पास गर्न दवाव दिँदै आएको छ ।
०००