बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

कोरोना भाइरस ‘HIV AIDS’ जसरी संसारबाट नहराउन पनि सक्छः डब्ल्यूएचओ
काठमाडौँ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरस ‘एचआइभी एड्स’ जसरी संसारबाट नहराउन पनि सक्ने बताएको छ ।
डब्ल्यूएचओका आपत्कालीन मामिलाका निर्देशक डा. माइक राएनले कोरोनाभाइरस कहिले हराउँछ भन्ने विषयमा भविष्यवाणी गर्न नसकिने बताएका हुन् । उनले खोप बनेपछि पनि यो भाइरसलाई पूर्ण रुपमा निर्मूल पार्न ‘निकै ठूलो प्रयत्न’ आवश्यक पर्ने बताए । डा. राएनले इन्टरनेटमार्फत गरिएको प्रेस सम्मेलनमा बोल्दै कोरोना भाइरस हाम्रो समुदायमा रहिरहने अर्को भाइरस बन्न सक्छ र यो कहिल्यै नहराउन पनि सक्छ’ भने ।
उनले एचआईभीको उदाहरण दिँदै त्यसैगरी कोरोना पनि समाजमा रहिरहन सक्ने बताए । यस्तै, राष्ट्रसंघले महामारीका कारण मानिसहरूमा व्यापक रूपमा मानसिक समस्या बढिरहेको बताएको छ ।
मानसिक स्वास्थ्य एवम् मनोसामाजिक सहयोगलाई समेत महामारीसँग लड्ने योजनामा सामेल गर्न समेत राष्ट्रसंघले आग्रह गरेको छ ।