संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारी (लाइभ)

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुबै सदनको संयुक्त वैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम सहितको सम्बोधन शुरु गर्नुभएकाे छ ।

४ बजे बोलाइएको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति भण्डारी कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ। कोरोना भाइरसका कारण संकटमा परेको अर्थव्यवस्थालाई उकास्ने कार्यक्रमसहित राष्ट्रपति भण्डारीले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ ।

नीति तथा कार्यक्रममा सरकारले आगामी आर्थिक वर्षमा प्राथमिकता दिने अर्थ–सामाजिक नीति तथा वार्षिक कार्यक्रमलाई समेट्छ । यो सरकारको आगामी आर्थिक वर्षका लागि तय गर्ने रणनीतिक कार्ययोजना हो । यसैको आधारमा अर्थमन्त्री डा. युवराज खतिवडाले १५ जेठमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुहुने छ।

केपी ओली नेतृत्वको सरकार गठन भएपछिको सरकारको यो तेस्रो नीति तथा कार्यक्रम हो । बितेका दुई वर्षको नीति तथा कार्यक्रमको प्राथमिकतामा पूर्वाधार निर्माण, भूकम्पले क्षतिग्रस्त संरचनाको पुनर्निमाण लगायतका विषय परेका थिए ।

आगामी वर्षका लागि अघि सारिएको नीति तथा कार्यक्रममा कोरोना भाइरसले संकटमा पारेको अर्थ–सामाजिक व्यवस्थालाई पुनर्जीवन दिने विषयलाई मुख्य प्राथमिकतामा राखिएको छ । रोजगारी सिर्जना, राहत तथा सार्वजनिक स्वास्थ्य सरकारको मुख्य प्राथमिकतामा परेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *