छत्रकोट गाउँपालिकाद्वारा अलपत्र परेका ६ मजदुरको उद्धार

गुल्मी । कोरोना भाइरस (कोभिड–१९) को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि विभिन्न जिल्लाबाट घर जान आएका मजदूरको छत्रकोट गाउँपालिकाले उद्धार गरेको छ । गाउँपालिकाले शुक्रबार पोखराबाट हिँडेर प्युठान जान लागेका ६ जना मजदुरको उद्धार गरेको हो ।

पैदल यात्रा गरेर गुल्मी छत्रकोट गाउँपालिकासम्म आइपुगेका उनीहरुलाई गाउँपालिकाको गाडीमा सकुसल उद्धार गरि उनीहरुको गन्तब्यसम्म पुर्याइएको गाउँपालिकाले जनाएकाे छ । प्युठानको गौमुखी गाउँपालिका, वडा नं २ मा घर भई हाल पोखरामा मजदुरी गर्दै आएका ६ जना मजदुरहरु खान बस्न गाह्रो भएछि पोखराबाट बालुङ हुदै गुल्मी आएका थिए ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि सरकारले लकडाउन थपेपछि सहरीक्षेत्रमा मजदुरी गर्दै आएका नागरिक भोक प्यास सहरै पेदल थात्थलो फर्कि रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *