बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

बहराइनमा ४९ नेपालीमा कोरोना सङ्क्रमणको पुष्टि
काठमाडाैँ । वैदेशिक रोजगारीका क्रममा बहरानमा रहेकामध्ये हालसम्म ४९ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ ।
दूतावासका अनुसार पछिल्लो पटक थप २७ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । बहराइनमा आज अपराह्नसम्म कूल एक हजार आठ जनामा कोरोना सङ्क्रमण भएको पाइएको छ । जसमध्ये तीनको अवस्था गम्भीर रहेको दूतावासले जनाएको छ ।
कूल सङ्क्रमितमध्ये ७२५ जना निको भएर घर फर्किएका दूतावासले जनाएको छ । बहराइनमा हालसम्म ७९ हजार ५६४ जनामा कोरोना परीक्षण गरिएको छ । कोभिड–१९ बाट बहराइनमा सात जनाको मृत्यु भएको छ ।
बहराइनले यही अप्रिल ७ देखि लागू हुने गरी अवैधानिकरुपमा बसोबास गर्दै आएका कामदारलाई वैधानिक हुन वा बहराइन छाड्न सन् २०२० को डिसेम्बरसम्म माफी दिने निर्णय गरेको दूतावासले जनाएको छ । बहराइनमा सार्वजनिक स्थानमा जाँदा अनिवार्यरुपमा मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ ।