नेपालमा एकै दिनमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा कोरोना संक्रमणमा बिरामी एक्कासी बढेका छन् । शुक्रबार एकैदिन १४ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

थपिएका मध्ये भारतबाट लुकिछिपी उदयपुर प्रवेश गरेका १२ जना रहेका छन् भने   दुई नेपाली चितवनमा रहेका छन् । शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय रहेकाे बताइएकाे छ ।


कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएका चितवनका दुई जना आमाछोरा भएको खुलेको छ । उनीहरु राप्ती नगरपालिका–८ का हुन् ।

६३ वर्षीया महिला र उनका २७ वर्षीय छोरा चैत ३ गते बेलायतबाट कतार एयरवेज हुँदै नेपाल आएका थिए । भरतपुर अस्पतालको आइसोलेसन बार्डमा रहेका उनीहरुको अवस्था सामान्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *