आवतजावत पूर्ण रुपमा बन्द गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदका सदस्यहरू, उच्चस्तरीय समन्वय समिति र सीसीएम्सीका सदस्यहरूसहित बालुवाटारमा छलफल गरेर भोकै परेका र गाउँजान नपाएकालाई बन्दोबस्त मिलाउन निर्देशन दिनुभएको हो । लकडाउन लम्बिँदै गर्दा मानिसहरु हप्तादिनसम्म हिँडेर भएपनि गाउँ जाने क्रम बढेपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर छलफल गरेका गर्नुभएको थियो ।

बैठकमा कोरोना भाइरस संक्रमण विरूद्द जारी लकडाउन र यसको कार्यान्वयनका बारेमा एकीकृत छलफल र समीक्षा भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।

लकडाउन लम्बिएपछि हजारौँ नागरिक भोक प्यासै पसिना र आशुँ चुहाउँदै सयौँ किलोमिटरको बाटो पैदल हिँडेको कारुणिक दृश्यहरु बिभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा आएपछि सरकारकोक चर्को आलोचना भइरहेको छ । प्रमूख प्रतिपक्ष दल नेपाली कांग्रेस लगाएत विभिन्न संघ संस्थाहरुले पटक पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । ०००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *