अलपत्र परेका यात्रुलाई खाना, पानी र विश्रामको व्यवस्था गर्न तरुणदलको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले आफ्ना कार्यकर्तालाई बाटोमा अलपत्र परेका व्यक्तिहरुलाई सहयोग गर्न निर्देशन दिएको छ ।

तरूण दलका अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गर्दै राजमार्गमा हिँडेरै सयौं किलोमिटर यात्रा गरिरहका मजदुरलाई सहयोग गर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।

बस्नेतले भन्नुभएको छन्, ‘नेपाल तरुण दलका सम्पूर्ण साथीहरुले आ–आफनो तर्फबाट राजमार्गमा हिँडेर आफ्नो गन्तव्यमा गइरहेका मजदुरहरुका लागि ठाउँ ठाउँमा खाना, पानी र विश्राम स्थलको व्यवस्था गरी यात्रामा सहजता प्रदान गरिदिन अनुरोध गरिन्छ ।’

तरुण दलले लकडाउनका समयमा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदुर वर्गहरु मार परे पनि उनीहरुको व्यवस्थापन गर्न सरकार चुकेको आरोप लगाएको छ ।

तरुण दलले माहामारी संकटको समयमा परिक्षणको दायरालाई तीब्र गतिमा अगाडी बढाउनु पर्ने बेला सरकार भने कार्यकर्तालाई जागिर दिनका लागि विभिन्न आयोगमा नियुक्ति रमाइरहेको आरोप लगाएको छ ।

संवेदनशील घडीमा भएका यस्ता अनावश्यक र गैर जिम्मेवार क्रियाकलापको दलले निन्दा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *