हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
कर्मचारीको एक साताको तलब प्रकोप व्यवस्थापनमा
बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाका कर्मचारीले एक साताको तलब विपद् तथा प्रकोप व्यवस्थापन कोषमा राख्ने घोषणा गरेका छन् । नगरपालिकाको आज बसेको बैठकमा नगर प्रमुख चित्रबहादुर कार्कीले जनप्रतिनिधिले पाउने सेवा सुविधामध्ये १५ दिनको सेवा, सुविधासमेत कोषमा राख्ने जानकारी दिनुभयो ।
दैनिक गुजारा चलाउन अप्ठ्यारो हुने समुदायलाई सहयोग गर्न जिन्सी तथा नगद सङ्कलन कार्य पनि शुरु हुने निर्णय भएको छ । बैठकले वडा कार्यालयबाट उपभोग्य वस्तुको व्यवस्था मिलाउनका साथै वितरण कार्य पनि वडा कार्यालयमार्फत हुने बताइएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको नेतृत्वमा तीन दिनभित्रै नगद तथा जिन्सी सङ्कलन गरिने भएको छ । उहाँले भन्नुभयो, “उपभोग्य तथा नगद सङ्कलन कार्य एकद्वार प्रणालीमा हुनेछ ।”
यसैबीच, नेपाल कम्युनिस्ट पार्टी, सैनामैनाले नगरपालिकाको विपद् तथा प्रकोप व्यवस्थापन कोषमा रु एक लाख प्रदान गर्ने घोषणा गरेको छ । त्यस्तै व्यापार सङ्घ, सैनामैनाले रु ५० हजार, सप्तऋषि बचत तथा ऋण सहकारी, सैनामैनाले रु ५० हजार, रोटरी क्लब अफ सैनामैनाले १० क्विन्टल चामल कोषमा प्रदान गर्ने घोषणा गरेका छन् ।
कोरोना भाइरसविरुद्ध मुलुकमा लकडाउनको घोषणापछि खाद्यान्न सङ्कटको समस्यालाई समाधान गर्न सैनामैनाका सामुदायिक वन तथा उपभोक्ता समिति, खानेपानी सरसफाइ तथा उपभोक्ता समिति, विभिन्न सङ्घसंस्थाले पनि कोषमा सहयोग प्रदान गर्ने बताएका छन् ।
यसैबीच सैनामैनामा रहेका निजी मेडिकल तथा क्लिनिक लकडाउनको समयमा पनि सञ्चालनमा नआउँदा स्थानीयवासीलाई सास्ती भएको छ । सैनामैना–४ का दीपक अधिकारीले निजी मेडिकल तथा क्लिनिक बन्द हुँदा दम, उच्च रक्तचापलगायतका बिरामीलाई औषधि नपाउँदा अप्ठ्यारो भएको बताउनुभयो । बन्द भएका मेडिकल तथा क्लिनिक नगरपालिकाको निर्देशनमा नियमित सञ्चालन गर्न आग्रह गरिएको छ ।