बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

प्रधानमन्त्रीको शल्यक्रिया सफल, नयाँ मिर्गौलाले काम गर्न थाल्यो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् ।
प्रा.डा.प्रेमराज ज्ञवालीकाे नेतृत्वमा प्रधानमन्त्री दोस्रो पटक मिर्गाैला प्रत्यारोण गरिएको हाे । प्रत्यारोपण सफल भएसँगै उहाँलाई अहिले आईसीयूमा राखिएको अस्पताल स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीको शल्यक्रियाको प्रकृया ३ बजे सकिएको थियो भने उहाँको नयाँ मिर्गाैलाले काम गर्न सुरु गरिसकेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । प्राध्यापक डा. अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको छ ।
प्रधानमन्त्री ओलीको पहिलो पटक १२ बर्षअघि भारतमा मिर्गाैला प्रत्यारोपणमा संम्लग्न डा.अनन्त कुमार र मिर्गाैला रोग विशेषज्ञ बुधबार गरिएको प्रत्यारोपण शल्यक्रियामा संम्लग्न रहनु भएको थियो ।