What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

प्रत्यारोपण गरेपछि प्रधानमन्त्रीको शरीरमा ‘चारवटा मिर्गौला’
What To Know
- काठमाडाैँ । सबै परीक्षण सकारात्मक देखिएपछि बुधवार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको नयाँ मिर्गौला प्रत्यारोपण भइरहेको छ। प्रक्रिया सुरु गर्नुअघि प्रत्यारोपण गर्ने टोलीका प्रमुख प्रा.
- अहिले ओलीको शरीरमा प्रत्यारोपित एउटा मिर्गौलासहित तीनवटा मिर्गौला छन् । डा.
काठमाडाैँ । सबै परीक्षण सकारात्मक देखिएपछि बुधवार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको नयाँ मिर्गौला प्रत्यारोपण भइरहेको छ। प्रक्रिया सुरु गर्नुअघि प्रत्यारोपण गर्ने टोलीका प्रमुख प्रा. डा. प्रेमराज ज्ञवालीले पूर्वनिर्धारित योजनानुसार सबै काम हुने बताएका बीबीसीले जनाएकाे छ ।
बाह्र वर्षअघि भारतमा पहिलो पटक ओलीले मिर्गौला प्रत्यारोपण गराउनुभएकाे थियाे ।
अहिले ओलीको शरीरमा प्रत्यारोपित एउटा मिर्गौलासहित तीनवटा मिर्गौला छन् । डा. ज्ञवालीका अनुसार यो प्रत्यारोपणपछि चारवटा हुनेछन्। “फेर्ने भनेको उहाँको झिकेर नयाँ लगाउने होइन नि। नयाँ मात्रै लगाउने हो,” ज्ञवालीले भन्नुभयाे। “वहाँका आफ्नै दुइटा भए, एउटा १२ वर्ष अगाडि लगाएको भयो। अब अहिले लगाउने चौथो हो।”
ओलीलाई एक नातेदार महिलाले मिर्गौला दिन लागेको ओलीको सचिवालयले जनाएको छ। प्रत्यारोपणको सम्पूर्ण प्रक्रियालाई झन्डै पाँच घण्टा लाग्ने बताइएको छ।