What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

यी हुन् सरकारले घोषणा गरेका ‘गेम चेञ्जर १८ आयोजना’
What To Know
- प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको आयोगको पूर्ण बैठकले योजना स्वीकृत गरेको आयोगले जनाएको छ । गत वैशाख १७ गते स्वीकृत भएको आर्थिक वर्ष २०७६÷७७ देखि आव २०८०÷८१ को आधारपत्रलाई विस्तृत रुप दिइ तयार पारिएको विस्तृत दस्तावेजलाई स्वीकृत गरिएको हो । योजनाको दस्तावेजमाथि प्राप्त भएका सुझावसमेत समावेश गरी परिमार्जन गरिएको योजनाको विस्तृत दस्तावेज स्वीकृत भएसँगै प्रभावकारीरुपमा कार्यान्वयन गर्न मार्ग प्रशस्त भएको छ ।.
- प्रधानमनत्री ओलीले योजना अवधिमा सञ्चालन गरिने विकासका गतिविधिबाट उत्पादन र उत्पादकत्व वृद्धि भई उल्लेख्यमात्रामा रोजगारीका अवसर सिर्जना हुने र विद्यमान गरिबीको दरमा कमी आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले जैविक र मानवीय आवश्यकता परिपूर्तिमार्फत सुखी नेपालीको परिकल्पना साकार हुने अपेक्षासहित सोका लागि योजना अवधिमा आवश्यक कार्यक्रम तथा आयोजना समावेश गर्न निर्देशन दिनुभयो । विकासको मुख्य चुनौतीका रुपमा रहेको मानव संशाधन विकासलाई सम्बोधन गर्न प्रधानमन्त्रीले आयोगलाई निर्देशन दिनुभयो । आर्थिक तथा सामािजक विकासमा पछि परेका क्षेत्र, वर्ग तथा समुदायलाई लक्षित गरी निरक्षरता, गरिबी र बेरोजगारी न्यूनीकरणका लागि चेतानमूलक तथा लक्षित कार्यक्रम समावेश गर्न निर्देश दिँर्दै प्रधानमन्त्री ओलीले योजना कार्यान्वयनबाट ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय सोच पूरा गर्नेतर्फ ध्यान दिन र सरोकार भएका सबैको सक्रियतामा समेत जोड दिनुभयो ।.
काठमाडाैँ । सरकारले रणनीतिक महत्वको १५औँ योजनाको आधारपत्रलाई स्वीकृत गरेको छ । विकास निर्माणको कामलाई थप योजनाबद्ध तरिकाले अगाडि बढाउने र केही ‘गेम चेञ्जर आयोजना’ समेत सम्पन्न गर्ने लक्ष्य राखिएको योजना स्वीकृत गरिएको हो ।
प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको आयोगको पूर्ण बैठकले योजना स्वीकृत गरेको आयोगले जनाएको छ । गत वैशाख १७ गते स्वीकृत भएको आर्थिक वर्ष २०७६÷७७ देखि आव २०८०÷८१ को आधारपत्रलाई विस्तृत रुप दिइ तयार पारिएको विस्तृत दस्तावेजलाई स्वीकृत गरिएको हो । योजनाको दस्तावेजमाथि प्राप्त भएका सुझावसमेत समावेश गरी परिमार्जन गरिएको योजनाको विस्तृत दस्तावेज स्वीकृत भएसँगै प्रभावकारीरुपमा कार्यान्वयन गर्न मार्ग प्रशस्त भएको छ ।
प्रधानमनत्री ओलीले योजना अवधिमा सञ्चालन गरिने विकासका गतिविधिबाट उत्पादन र उत्पादकत्व वृद्धि भई उल्लेख्यमात्रामा रोजगारीका अवसर सिर्जना हुने र विद्यमान गरिबीको दरमा कमी आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले जैविक र मानवीय आवश्यकता परिपूर्तिमार्फत सुखी नेपालीको परिकल्पना साकार हुने अपेक्षासहित सोका लागि योजना अवधिमा आवश्यक कार्यक्रम तथा आयोजना समावेश गर्न निर्देशन दिनुभयो । विकासको मुख्य चुनौतीका रुपमा रहेको मानव संशाधन विकासलाई सम्बोधन गर्न प्रधानमन्त्रीले आयोगलाई निर्देशन दिनुभयो । आर्थिक तथा सामािजक विकासमा पछि परेका क्षेत्र, वर्ग तथा समुदायलाई लक्षित गरी निरक्षरता, गरिबी र बेरोजगारी न्यूनीकरणका लागि चेतानमूलक तथा लक्षित कार्यक्रम समावेश गर्न निर्देश दिँर्दै प्रधानमन्त्री ओलीले योजना कार्यान्वयनबाट ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय सोच पूरा गर्नेतर्फ ध्यान दिन र सरोकार भएका सबैको सक्रियतामा समेत जोड दिनुभयो ।
यी हुन् रुपान्तरणकारी आयोजना
१. प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना
२. सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना
३. समृद्धिका लागि वन कार्यक्रम
४. जग्गा प्रशासन सुदृढीकरण तथा अनौपचारिक भूसम्बन्ध व्यवस्थापन कार्यक्रम
५. औद्योगिक पूर्वाधार विकास आयोजना
६. स्वास्थ्य संस्था तथा स्वास्थ्य सेवा विस्तार आयोजना
७. सार्वजनिक विद्यालय सबलीकरण आयोजना
८. प्राविधिक तथा व्यवसायिक शिक्ष एवम् तालिम आयोजना
९. राष्ट्रपति महिला सशक्तीकरण परियोजना
१० माथिल्लो अरुण जलविद्युत आयोजना
११. राष्ट्रिय तथा अन्तरदेशीय प्रसारण लाइन आयोजना
१२. पूर्व पश्चिम राजमार्ग स्तरोन्नति आयोजना
१३. गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडक आयोजना
१४. प्रादेशिक तथा स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम
१५. नयाँ शहर विकास आयोजना
१६. शहरी करिडोर आयोजना
१७. डिजिटल नेपाल
१८. राष्ट्रिय परिचय पत्र तथा घटना दर्ता कार्यक्रम