बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

लागुऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रण अभियान शुरु
बिदुर । ‘समुदाय–प्रहरी साझेदारी’ अवधारणाअन्तर्गत लागुऔषध दुर्व्यसनीविरुद्धको साताव्यापी अभियान आजदेखि नुवाकोटमा शुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजन तथा जिल्ला प्रहरी कार्यालय र विदुर नगरपालिकाको आयोजनामा लागुऔषध दुव्र्यसन तथा ओसारपसार नियन्त्रण साताव्यापी अभियान शुरु भएको हो ।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला निकायसँग लागुऔषध दुव्र्यसन तथा ओसारपसार नियन्त्रण सम्बन्धमा जनचेतनामूलक प्रभातफेरी सम्पन्न भएको थियो । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किशोरकुमार दाहालले गलत काममा कोही पनि नलाग्न आग्रह गनुभयो ।
जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले लागुऔषध सेवनमा परेका अहिलेका युवायुवतीलाई गाली, धम्की हैन, उनीहरुलाई माया, स्नेह र सम्झाइबुझाइ गरेर लागुऔषध छुटाउनुपर्ने बताउनुभयो । विदुर नगरपालिका प्रमुख सञ्जु पण्डितले लागुऔषध दुव्र्यसन तथा ओसारपसार गर्ने जोसुकैलाई पनि कारवाही हुनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले नुवाकोटमा अहिले लागुऔषध बढी रहेकोले यसलाई नियन्त्रण गर्न सरोकारवाला लाग्नुपर्ने बताउनुभयो ।