नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

पुनः मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री अस्पताल भर्ना (भिडियाे सन्देशसहित)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पुनः मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएकाे छ । उहाँसोमबार साँझ अस्पताल पुग्नु भएकाे हाे । उहाँको बुधबार मिर्गौला प्रत्यारोपण हुनेछ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्न्त्री ओलीलाई भान्जीले मिर्गौला दिनुहुनेछ । उहाँ पनि सोमबार नै अस्पताल भर्ना हुनुभएकाे छ ।
अस्पताल भर्ना जानुअघि भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले पुनः मिर्गौला प्रत्यारोपणपछि थप उर्जा र र आत्मविश्वास लिएर काममा फर्किने विश्वास व्यक्त गर्नुभएकाे छ ।