क्रिकेट खेल्ने कुकुर, भाइरल बन्यो भिडियो (भिडियोसहित)

एजेन्सी । भनिन्छ कुकुर मान्छेको सबैभन्दा वफादार साथी हो । परापूर्व कालदेखिनै कुकुरले द्वार पालेको काम गर्दै आएको त विधितै छ । कुकुरहरु पनि विभिन्न प्रजाति अनुसार उनीहरुको मान्छेहरुकोसँगको सम्बन्ध रहँदै आएको छ । घरपालुवा कुकुरहरु वातावरण अनुसार ब्यवहार गर्दै आएका हुन्छन् ।

यस्ता थुप्रै घटनाका उदाहरणहरु छन् कि जहाँ कुकुरले मान्छेसँगको वफादारी सावित गरेको छ । आज हामी यहाँ भने कुकुरको वफादारी भन्दा पनि दोस्तीको बारेमा चर्चा गदैछौँ । एउटा कुकुर बच्चाहरुसँग क्रिकेट खेलिरहेको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । मान्छेहरु त्यसको मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । कुकुर र ती वालवालिकाहरुबीचको दोस्तीको विषयलाई लिइर मान्छेहरुले खुब तारिफ गरेका छन् ।

बलिउड अभिनेत्री सिमी ग्रेवालले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमा सेयर गरेको भिडियो अहिले भाइरल छ । भिडियोमा एउटा कुकर बच्चाहरुसँग क्रिकेट खेल्दै गरेको देखिन्छ । कुकुर वीकेट किपरको भुमिकामा छ । भिडियो हेर्दा यस्तो लाग्छ कि त्यो कुकुरलाई क्रिकेटका नियम राम्रोसँग थाहा छ । खेलप्रति कुकुर अत्यन्तै सजग छ । त्यसले खेलाडीलाई रन लिनबाट रोक्ने प्रयास गरेको पनि भिडियोमा प्रष्ट देखिन्छ । जसरी सामान्य फिल्डर बलको पछि दौडिन्छ त्यसरी नै कुकुर पनि दौडेको देखिन्छ ।

दोस्रो बल फ्याँक्नुभन्दा पहिला कुकुर आफ्नो पोजिसनमा आएर बस्छ । जब ब्याटिङ्ग गरिरहेकी बालिकाले डिफेन्ड गर्छिन् तब कुकुर दौड्दै गएर बल समात्छ । दृश्यमा देखिएको अन्तिम बलमा बलर बंपर फाल्छ त्यसपछि पनि कुकुर बल छोप्न दौडिन्छ । यस भिभियो सेयर गर्दै अभिनेत्री ग्रेपालले लेखेकी छिन् । बेस्ट फील्डर अ‘फ द ईयर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *