बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

कांग्रेस सभापति देउवाले ताेके १३ विभाग प्रमुखहरु, हेर्नुस् कसले के जिम्मेवारी पायाे ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले १३ विभाग प्रमुखहरु तोकेका छन् । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना पक्षका नेताहरुको नाम दिन अस्वीकार गरेपछि देउवाले जिम्मेवारी तोकेका हुन् ।
देउवाले संगठन विभाग प्रमुखको जिम्मा गोपालमान श्रेष्ठलाई दिएका छन् । पार्टी प्रवक्ता रेहका विश्वप्रकाश शर्मा सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुख तोकिएका छन् । यस्तै रमेश रिजालले संघीय मामिला, तथा प्रदेश समन्वय विभाग, फरमुल्लाह मन्सुरलाई मुस्लिम, अर्जुनप्रसादजोशीलाई स्थानीय तह समन्वय विभाग र आनन्दप्रसाद ढुंगानालाई वित्तिय तथा सहकारी संस्था समन्वय विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।
यस्तै अजय चौरसिया तराई मधेस, शंकर भण्डारी तरुण, सीता गुरुङ अदिवासी जनजाति, गोविन्द भट्टराई नेपाल जनसम्पर्क, चिनकाजी श्रेष्ठ उद्योग ब्यापार र शिवप्रसाद हुमागाइँ श्रमिक तथा ट्रेड युनियन विभागको प्रमुख तोकिएका छन् ।
यस्तै देउवाले ५ नेतालाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनित गरेका छन् । दाङका कृष्णकिशोर घिमिरे, झापाका गोपालकुमरा बस्नेत र सुधीरकुमार शिवाकोटी, धनकुटाका मनोहर नारायण श्रेष्ठ र तनहुँका ध्रुव वाग्लेलाई आमन्त्रित सदस्य मनोनित गरिएको कांग्रेसले जनाएको छ ।