बालिकाले पत्नी हुँ भन्दै मुद्दा हालेपछि मुख्यमन्त्रीले जनाए प्रतिक्रिया

काठमडौँ । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले पति नाता कायम गराउन भन्दै परेको मुद्दाबारे प्रतिक्रिया जनाएका छन् । तत्कालीन नेकपा एमालेको युवा संगठनकी नेतृ बालिका खड्काले मुख्यमन्त्री राईसँग आफ्नो सम्बन्ध रहेको भन्दै पति नाता कायम गराइ अंश दिलाई पाऊँ भन्दै शुक्रबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी थिइन् । त्यसको भोलिपल्ट मुख्यमन्त्री राइले बालिकासँग चिनजान नै नभएको प्रतिक्रिया जनाएका छन् । साथै उनले आपूmमाथि सञ्चारमन्त्री भएका बेलादेखिनै षडयन्त्र भएको बताएका छन् ।

प्रेस संगठनले शनिबार सुनसरीको इटहरीमा गरेको कार्यक्रममा मुख्यमन्त्री राईले बालिकासँग आफ्नो चिनजान नै नभएको बताएका छन् । मुख्यमन्त्री राइने भने भने, ‘जुन महिलाले ममाथि आरोप लगाएकी छन्, तिनीसँग मेरो चिनजान नै भएको छैन’ ।

उनले आफू सञ्चारमन्त्री हुँदा देखिनै मोबाइलमा निरन्तर रुपमा म्यासेज आउने गरेको बताउँदै उनले आफूले ती म्यासेज जस्ताको तस्तै प्रधानमन्त्रीलाई समेत देखाएको बताए ।

उनले आफूलाई बदनाम गराउने गिरोह नै संलग्न रहेको र त्यस विषयमा पार्टी पोलिटब्युरोमा छलफल भइ आरोपहरु गलत भएको र आरोप लगाउने पात्र नै गलत भएको निष्कर्ष निकालेको बताए । उनले अध्यक्षको अनुमति मागेर आफूले सात पेज म्यासेज र ६ वटा नम्बरसहित सीआइबीमा उजुरी दिएको समेत बताए । उनले आफूमाथि निरन्तर रुपमा षड्यन्त्र हुँदा पनि आफूले कुनै प्रतिक्रिया नदिएको बताए ।

आफू भुइँतहबाट आएको मान्छे भएको आर्थिक र नैतिक मामिलामा कसैले पनि खोट लगाउन सक्ने ठाउँ नबनाएको दावी गरे । उनले यस विषयमा मिडियाको दुरुपयोग भएको बताउँदै सत्यतथ्य पत्ता लगाइदिन समेत आग्रह गरेका छन् ।

मुख्यमन्त्रीमाथिकाे आरोप के हो ? 

दोलखाकी बालिका खड्काले मुख्यमन्त्री राई आफ्नो पति भएको दाबी गर्दै ‘नाता कायम गरी अंश दिलाई पाँउ’ भनी जिल्ला अदालत काठमाडौंमा अंश मुद्दा दायर गरेकी हुन् । सञ्चारमन्त्री भएका बेला राईले राजधानीको गोल्फुटारमा आफूलाई कोठा लिएर राखेको र आफू राईसँग २०७१ सालदेखि सँगै रहेको खड्काले दायर गरेको मुद्दामा उल्लेख छ ।
मुख्यमन्त्री राईले आफूलाई यौन दुव्यवहारका साथै घरेलु हिंसा गरेको आरोप उनको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *