अहिलेसम्म अन्तरिक्षमा कति जना महिला पुगे ?

एजेन्सी । अहिलेसम्म अन्तरिक्षमा कति जना महिला पुगे ? त्यहाँ उनीहरुको उद्धेश्य वा मिसन के थियो ? आज हामी यहाा अन्तरक्ष महिला यात्रीहरुका बारेमा चर्चा गर्दै छौँ । अन्तरिक्षका पुग्ने पहिलो महिला हुन् भ्यालिन्टिना टेरिस्कोभा । सोभियत अन्तरिक्ष यात्री टेरिस्कोभा सन् १९६३ मा अन्तरिक्षमा गएकी थिइन् त्यो पनि एक्लै । तर त्यसपछि लामो समयसम्म कोही पनि महिला अन्तरिक्षमा गएनन् ।

त्यसको २० वर्षपछि स्वीटलाना साभित्स्काया स्पेस स्टेसनमा पुग्ने पहिलो महिला बनिन् । उनी नै सन् १९८४ मा स्पेस वर्क गरने पहिलो महिला थिइन् । तर अनतरिक्षमा अहिले पनि लैङ्गिक समानता धेरै टाढाको विषय जस्तै छ । हरेक क्षेत्रमा लैङ्गिक समानता र समामवेसिताको कुरा उठ्दै आए पनि अन्तरिक्षको मामलामा त्यो परको मुद्धा नै छ ।

डीडब्लु टीभी रिपोर्टका अनुसार जब अमेरिकी अन्तरिक्ष यात्री स्याली राइटलाई स्पेस सटल च्यालेन्जर्सका साथ उडान भर्नुपर्ने थियो उनलाई सोधिएको थियो के एक हप्ताका लागि एक सय स्यानेटरी प्याड पर्याप्त हुन्छ ? अचम्मको कुरा के भने नासाका अधिकारीहरुलाई यति पनि थाहा रहेनछ की एक सय स्यानेटरी प्याड एक महिलाका लागि तीन महिनासम्म पनि बढी नै हुन्छ ।

पछिल्लो समय बिस्तारै अन्तरिक्ष यात्राका लागि महिला सहभागिता बढ्दै गएको छ । सन् १९९५ मा आइलिन कलिन्स स्पेस सटल उडाउने पहिलो महिला बनिन् । उनले अमेरिकी अन्तरिक्ष यान डिस्कभरीलाई रुसी अन्तरिक्ष स्टेसन नीरसम्म पु¥याएकी थिइन् । सन २००७ मा प्यागि गिप्सन अन्तर्राष्ट्रिय स्पेस स्टेसन आइएसएसको पहिलो महिला कमाण्डर बनेकी थिइन् । अन्तरिक्षमा ६ सय ६५ दिन बिताएकी प्यागी सबै भन्दा बढी अनुभवी अनतरिक्ष महिला यात्री हुन् ।

अहिलेसम्म कुल ९ देशका ६३ महिलाले अन्तरिक्ष यात्रा गरेका छन् । यसमध्ये सबैभन्दा बढी अमेरिकाका ४९ जना रहेका छन् । क्यानडा, चाइना, रसिया, दक्षिण कोरिया, जापानका दुई / दुई जना महिला अन्तरिक्षको यात्रामा गएका छन् भने ब्रिटेन, फ्रान्स र इटालीका एकएक जना महिला अन्तरिक्षमा पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *