हिउँमाथि सुत्केरी छ्टपटाईरहिन्, श्रीमान अलपत्र छाडेर बेपत्ता भए

गोकर्ण दयाल
बैतडी । कति निर्दयी छ याे समाज समय समयमा सञ्चार माध्यमहरुमा आउने यस्ता समाचारहरुले प्रष्ट्याउँछ । मध्य पुसकाे कठ्याङ्ग्रिने जाडाे हिमाल र उच्च पहाडमा हिमपात भइरहेकाे छ खाेला नाला जमेका छन् ठाउँठाउँमा । यस्ताे चिसाेकाे बेला हिउँमा छट्पटिएकी सुत्केरीकाे हालत के हाेला ? झट्ट साेच्न पनि सकिन्न तर बैतडीमा सुत्केरी बेथाले च्यापेर छट्पटिरहेकी महिलालाई श्रीमानले अलपत्र छाेडेर बेपत्ता भएका छन् ।

याे घटना बैतडीको पुरचौडी नगरपालिका–१०, डाँडागाउँकाे हाे । सुत्केरी व्यथाले छट्पटाउँदै गरेकी महिलालाई हिउँमाथि अलपत्र छाडेर श्रीमान् सम्पर्कविहीन भए । सुत्केरीको बैतडी प्रहरीले उद्दार गरेको छ । सुत्केरी व्यथा लागेर हिउँमाथि छट्पटाउँदै अलपत्र परेकी कुमारी बिष्टलाई बैतडी प्रहरीले उद्दार गरेर प्रसूति केन्द्र पु¥याएपछि बिष्टले छोरो जन्माउनुभएको छ ।

बैतडीको पुरचौडी नगरपालिका–१०, डाँडागाउँका अम्मर बिष्टले सुत्केरी श्रीमति कुमारी बिष्टलाई अलपत्र छोडेर साथमा भएको एकहजार रुपियाँ समेत लगेर सम्पर्कविहीन भएका छन् ।

श्रीमान्ले अलपत्र पारेर हिँडेपछि सुत्केरी कुमारी बिष्टलाई बैतडी प्रहरीले शनिबार दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा बजारमा रोईरहेको अवस्थामा फेला पारेको थियो ।
सुत्केरी श्रीमतिलाई छोडेर हिँड्ने श्रीमान अम्मर बिष्टको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रनाउ डिल्लीनारायण पाण्डेले बताउनुभयो ।

प्रनाउ पाण्डेयले भन्नुभयो,‘सुत्केरी हुन श्रीमानको साथमा बैतडी अस्पताल आएकी कुमारी बिष्टलाई अस्पतालले १९ गते रेफर गरेको रहेछ । रेफर गरिएकी श्रीमतिलाई छोडेर एकहजार रुपियाँसमेत लगेर श्रीमानले सम्पर्कविहीन छन् । श्रीमानले छोडेरपछि सुत्केरी महिला बसमा चढेर दोगडाकेदारको सिल्लेगडा पुग्नुभयो । शनिबार हिमपात पनि भईरहेको थियो । सुत्केरी महिला बजारमा छट्पटाउँदै रोईरहेको खबर आएपछि तुरुन्तै उद्धार गर्यौं ।’

हिमपात र वर्षा भईरहेको बेलामा सुत्केरी महिला छट्पटाउँदै रोईरहेको सूचना पाएपछि स्थानीय खोचलेक प्रहरी चौकीका ईन्चार्ज शंकरदत्त भट्टको कमाण्डमा चार जना प्रहरी खटाएर सुत्केरीको उद्धार गरिएको प्रनाउ पाण्डेयले बताउनुभयो ।

सुत्केरीलाई अस्पताल लैजान जिप बुक गरे पनि सुर्नया गाउँपालिकाको धर्मघरमा हिमपातमा गाडी फसेपछि सुत्केरीलाई पुनः दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा प्रसूति केन्द्रमा पु¥याएपछि कुमारी बिष्टले आईतबार बिहान ६ः०० बजे छोरो जन्माएको प्रहरीले जानकारी दिएको छ ।

कुमारी बिष्ट पहिलो पटक सुत्केरी भएको र उनका श्रीमान अम्मर बिष्ट यसअघि दार्चुलामा ज्यालामजदूरीको काम गर्ने गरेको सूचना प्रप्त भएको प्रहरीले जानकारी दिएको छ ।

सुत्केरीपछि कुमारी बिष्टलाई प्रहरी र स्थानीय बजारवासीले न्यानो लुगा उपलब्ध गराएका छन् । सुत्केरी महिला र बच्चाको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *