बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

संघीय सदन सभामुख विहीन
काठमाडौँ । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुर्ब्यवहार गरेका आरोप लागेपछि संघीय संसदका सभामुख कृष्णबहादुर महराले दिएको राजिनामाले पूर्णता पाएको छ ।
संवैधानिक व्यवस्था अनुसार संसदको अधिवेशन चालु रहेको अवस्थामा सभामुखको राजीनामा पत्र संसदमा पढेर सुनाउनु पर्छ । तर संसदको अधिवेशन असोज २ गते अन्त्य भएको थियो । संसदको अधिवेशन चालु नरहेको अवस्थामा संसद सचिवालयले राजीनामा सम्बन्धी सूचना प्रकाशित गर्नु पर्छ । सोही अनुसार महराले सभामुख पदबाट राजीनामा दिएको सूचना संसद सचिवालयमा टाँसिएको छ ।
उपसभामुखको निर्देशनअनुसार प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार सूचना टाँसिएको सचिवालयका सचिव भरतराज गौतमले बताउनुभयो । महराले हिजो उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिनुभएको थियो ।
यो सूचनासँगै सभामुखको पद रिक्त भएको छ र नयाँ निर्वाचनका लागि बाटो खुलेको छ । संविधानको धारा ९१ को (६) अनुसार प्रतिनिधिसभाका सभामुखले लिखित राजीनामा दिए उनको पद रिक्त हुने व्यवस्था छ । ०००