हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
के हो डेंगी राेग, यसकाे लक्षण र बच्ने उपाय
काठमाडौं । गत बैशाखमा धरानमा देखिएकाे डेंगीको संक्रमण अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न ४२ जिल्लामा फैलिएको छ। डेगुका कारण ६ जनाकाे मृत्यु भइसकेकाे छ । तराईमा मात्र देखिने याे राेग पछिल्लाे समय पहाड र उपत्यकामा समेत देखिएकाे छ । यो लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको ज्वरो हो ।
डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ ।
वर्षाको पानी जम्ने डब्बा, टायर, ड्रम, फूलदानी, गमला, ट्याँकी आदिमा डेंगु सार्ने लामखुट्टेले फुल पार्दछ । डेंगु विरुद्धको खोप तथा खास उपचार नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै मुख्य उपाय भएको डाक्टरहरु बताउँछन् ।
डेंगु एक व्यक्तिबाट अर्को व्यक्तिमा सोझै सर्दैन । यो भाइरसजन्य रोग हो । तर एडिस एजिप्टाइ नामक लामखुटट्ले यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सार्छ ।
यो रोग लागिका सबैलाई लक्षण भने देखिंदैन । चार जनामध्ये एक जनालाई मात्रै लक्षण देखिन्छ । त्यसैले स्वस्थ भनिएका व्यक्तिमा पनि डेंगुको जोखिम हुन सक्ने चिकित्सकहरु बताउँछन् ।
डेंगुका लक्षण
उच्च ज्वरो आउनु
टाउको दुख्नु, पेट दुख्नु
वाकवाकी लाग्नु
आँखाको गेडी दुख्नु
जीउ, जोर्नी दुख्नु
उच्च ज्वरो आएको ३, ४ दिन पछि रातोरातो बिमिरा आउनु
रोकथामका उपाय
पानी जम्न सक्ने भाँडाहरु जस्तैैः गमला, फुलदानी खाली गर्ने
बट्टा, मट्टीतेलका खाली ड्रमहरु, गाडीको टायर घरको वरिपरी नराख्ने । राख्नै परे पानी जम्न नदिने ।
पानी जम्मा पारेका ट्याङकी तथा बाल्टीमा एक हप्ताभन्दा बढी समय पानी नराख्ने । राख्नै परे राम्रोसँग बिर्कोले छोपेर राख्ने ।
फुलदानीको पानी कम्तीमा हप्तामा दुई पटक फेर्ने ।
एडिस इजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसोको समयमा पूरा बाहुला भएको वा शरीर पुरै ढाक्ने कपडा लगाउने ।
सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्ने
बालबालिकालाई सुताउँदा पनि झुल भित्रै सुताउने
लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम पनि लगाउने
घरका झ्याल ढोकामा जाली लगाउने
घर वरपर सफा सुग्घर राख्ने, खाल्डाखुल्डी पुर्ने
डेंगु देखिए के गर्ने ?
डेंगु रोगको लक्षण देखिए तुरुन्त अस्पताल जानुपर्छ ।
उच्च ज्वरो आए सिटामोल र झोलिलो पदार्थ खानुपर्छ ।
उच्च ज्वरो आयो भन्दैमा बु्रफिन लगायतका औषधि खानु हुँदैन ।
समयमा नै रगत परीक्षण गराउनुपर्छ ।