बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

चिनियाँ विदेशमन्त्री यीले आज उच्चस्तरीय भेटवार्ता गर्दै
काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज उच्चस्तरीय भेटवार्ता गर्दै छन् । तीनदिने भ्रमणमा रहेका यीले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै भेट गर्ने कार्यक्रम छ ।
उनले बेलुका ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग तथा ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यस्तै आजै दिउँसो ३ बजेपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग वार्ता गर्ने तयारी छ । वार्ता आर्थिक र विकास साझेदारीका साथै नेपाल–चीन सम्बन्धका विविध पक्षमा केन्द्रित हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
वार्तामा दुई देशबीच भएका सम्झौता र तिनको कार्यान्वयनको अवस्था तथा तथा नेपालमा चिनियाँ सहयोगमा सञ्चालित विकास परियोजनाको पुनरावलोकन र द्रूत कार्यान्वयनमा नेपालले जोड दिने तयारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विदेशमन्त्री यी १९ सदस्यीय टोलीको नेतृत्व गर्दै आइतबार काठमाडौं आइपुगेका थिए ।