What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
दाउन्नेको बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा अवरोध जारी रहेको भन्दै नवलपुर प्रहरीले दाउन्नेको बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।
दाउन्नेको १४ किलोमिटरको विभिन्न स्थानमा बाटो चिप्लो, उकालो र गाडी फसेका कारण यातायातमा समस्या भएको भन्दै प्रहरीले सकेसम्म यो मार्ग भएर यात्रा नगर्न र बैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको हो ।
दाउन्नेमा विगत पाँच दिनदेखि यातायात असहज भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले बताउनुभयो । यात्रा गर्दा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दुम्किवाससँग समन्वय गर्न पनि नेपालले आग्रह गर्नुभएको छ । बाटो असहज हुँदा सवारी साधनको बाक्लो चाप रहेको उहाँको भनाइ छ ।






