What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
मगरहरुको ऐतिहासिक सांस्कृतिक युद्धकला सरायँ (खोडा) नाँच
What To Know
- Https.
- //youtu.
https://youtu.be/BTIL57KRKgI
देवीस्थान जनसेवा युवा क्लव हुँगा गुल्मीका कलाकारहरुद्वारा तेस्रो सराङ्कोट पर्यटन महोत्सव २०७४, पोखरा लेखनाथ महानगरपालिका कास्कीमा प्रस्तुत गुल्मीमा प्रचलित मगरहरुको ऐतिहासिक सांस्कृतिक युद्धकला सरायँ (खोडा) नाँच यो नाच वडा दशैँको एकादशी देखि कोजाग्रत पूर्णिमासम्म गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान र वाग्लुङ जिल्लाका विभिन्न देबीथानहरुमा प्रस्तुत गर्ने गरिन्छ । यो नाचका आफ्नै विधि विधानहरु छन् । फरक भुगोल अनुसार फरक फरक ढङ्गले प्रस्तुत गर्ने गरिन्छ । पछिल्लो समय मगर बाहेक अन्य जातिहरुले पनि यो नाचमा सहभागिता जनाउने गरेका छन् । सरायँ मगर भाषाको सराङ भन्ने शब्दबाट क्रमशः अपभ्रंश हुँदै सरायँ भएको इतिहासका जानकार तथा मगर बुढापाकाहरु बताउ“छन् । सराङको अर्थ मगर भाषामा तरबार भन्ने हुन्छ । तरबार नाच यो युद्ध कला हो । वाइसे चौबिसे राज्य भूजे राजाका पाला देखि नै यो चलन चल्दै आएको हो । अहिले पनि गुल्मी हुँगाको सरायँ नाच सबैभन्दा खतरनाक मानिन्छ । उचित संरक्षणको अभाबमा क्रमशः यो ऐतिहासिक नाच लोप हुँदै गएको छ ।