What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
एन आई सी एशिया बैंकले लिलाम बिक्रीसम्बन्धी जानकारी अनलाइन पोर्टलमा
काठमाडौं। एन आई सी एशिया बैंकले आफ्ना बैंकिङ्ग र गैर बैंकिङ्ग सम्पत्तिको लिलाम बिक्रीसम्बन्धी सबै जानकारी अनलाइन पोर्टल मार्फत सार्वजनिक गरिरहेकाे छ ।
बैंकका अनुसार अब ग्राहकले लिलाममा राखिएका सम्पत्तिसम्बन्धी विवरण, कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा र स्थानको जानकारी सजिलै हेर्न सक्छन्। लिलाम सम्बन्धी सूचना प्रकाशित गर्दा राखिएको क्युआर कोड स्क्यान गरेपछि सो पोर्टलमा पुग्न सकिने व्यवस्था गरिएको छ।
ग्राहकले आफूले हेर्न चाहेको सम्पत्तिबारे थप जानकारी चाहिएको खण्डमा पोर्टलमै उपलब्ध म्यासेज बक्समार्फत आफ्नो नाम, इमेल, मोबाइल नम्बर र सम्पर्क ठेगाना राखी संदेश पठाउन सक्छन्।
बैंकले पोर्टलमा बैंकिङ्ग, गैर बैंकिङ्ग तथा धितो सुरक्षणमा रहेका सबै प्रकारका लिलाम सम्पत्ति नियमित रूपमा अपडेट गरिने बताएको छ। बैंकले ग्राहकले अनलाइन पोर्टलमार्फत सम्पत्तिको विस्तृत विवरण हेरी सहज रूपमा लाभ लिन सक्ने विश्वास जनाएको छ।






