What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
बेपत्ता परिवारबाट राजनीतिमा किशोरी कार्की, जेनजी आन्दोलनको एजेण्डा बोक्ने
What To Know
- काठमाडौं। द्वन्द्व पीडित एवं बेपत्ता परिवारकी कीशोरी कार्कीले राजनीतिमा पाइला टेकेकी छन् । माओवादी द्वन्द्वमा राज्य पक्षबाट बाबु बपेत्ता पारिएपछि अभिभावक विहिन भएकी जेनजी अभियन्ता कार्कीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएकी हुन् ।.
- कार्कीले पार्टीको चुनाव चिन्ह माटोको चुल्हो राखेकी छन् । निवेदनमा अध्यक्षका रुपमा कार्की स्यंमले हस्ताक्षर गरेकी छन् । दल दर्ताका लागि निवेदन दिए पनि थप कागजपत्र र प्रक्रियाहरू पूरा हुन बाँकी रहेको जनाइएको छ ।.
काठमाडौं। द्वन्द्व पीडित एवं बेपत्ता परिवारकी कीशोरी कार्कीले राजनीतिमा पाइला टेकेकी छन् । माओवादी द्वन्द्वमा राज्य पक्षबाट बाबु बपेत्ता पारिएपछि अभिभावक विहिन भएकी जेनजी अभियन्ता कार्कीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएकी हुन् ।
जेनजी आन्दोलनका घाइतेलाई अस्पताल पुर्याएर चर्चामा आएकी कार्कीले नवनिर्माण पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएकी हुन् ।
कार्कीले पार्टीको चुनाव चिन्ह माटोको चुल्हो राखेकी छन् । निवेदनमा अध्यक्षका रुपमा कार्की स्यंमले हस्ताक्षर गरेकी छन् । दल दर्ताका लागि निवेदन दिए पनि थप कागजपत्र र प्रक्रियाहरू पूरा हुन बाँकी रहेको जनाइएको छ ।
कार्कीले २३ गतेको आन्दोलनमा बानेश्वरमा प्रहरीको गोली लागेर घाइते भएका युवकलाई मोटरसाइकलमा राखेर अस्पताल लगेकी थिइन् । त्यसपछि पनि उनी घाइतेको उपचारमा सक्रिय रहिन् ।
शिक्षक रहेका उनका बाबु हिमालकाजी कार्की र पशुपति बस्नेत माओवादी आवद्धताको आरोपमा सरकार पक्षबाट अपहरणमा परेका थिए । आमा १५ महिनामा रिहा भएपनि बाबु हिमालकाजी अहिले पनि बेपत्ता छन् ।






