उपराष्ट्रपति कपः एपिएफ र रौतहट विजयी

काठमाडौँ । उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फूटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) र रौतहट विजयी भएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको पहिलो खेलमा एपिएफले काठमाडौँलाई १०–० को फराकिलो गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । एपिएफको जीतमा सावित्रा भण्डारी एक्लैले ५ गोल गरिन् भने अनिता केसीले ह्याट्रिक पूरा गरिन् । त्यस्तै अनिता बस्नेत र अनु लामाले १÷१ गोल गरे ।

काठमाडौँको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा काठमाडौँ रौतहटसँग ४–० ले पराजित भएको थियो । एपिएफकी अनिता केसी खेलको उमन अफ दी म्याच घोषित भइन् ।

सोही मैदानमा आजै भएको दोस्रो खेलमा रौतहटले नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत हात पा¥यो । पहिलो खेलमा रौतहटले काठमाडौँलाई हराएको थियो । रौतहटको जीतमा अस्मिता वैद्यले गरेको १ गोल नै खेलको निर्णायक सावित भयो । उनले खेलको १२औँ मिनेटमा गोल गरेकी थिइन् । प्रतियोगितामा तीन विभागीय टोलीसहित पाँच टोलीको सहभागिता छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *