बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

नेपाललाई खेलकूदको हब बनाउन सम्भाव्यता अध्यन हुनुपर्ने– सभामुख महरा
तुलसीपुर । सभामुख कृष्णबहादुर महराले नेपाललाई खेलकूदको हब बनाउन सम्भाव्यता अध्ययन हुनुपर्ने बताउनु भएको छ । दाङको बेलझुण्डीमा निर्माण गर्न लागिएको रंगशाला आज शिलान्यास तथा तुलसीपुर उपमहानगरपालिकालाई ‘स्पोर्ट सिटी’ घोषणा कार्यक्रममा यो युग युवा र खेलकूदको युग भएको बताउँदै उहाँले राज्यलाई दक्ष जनशक्ति खेलकूदले नै प्रदान गर्छ भन्नुभयो ।
यस रंगशाला निर्माणले राष्ट्रिय खेलकूद परिषद्को परिकल्पनालाई साकार पार्न योगदान पु¥याउने सभामुख महराले बताउनुभयो ।
युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले तोकिएको समयमा गुणस्तरीय रंगशाला निर्माण गर्न सबैले निगरानी गर्नुपर्नेमा जोड दिनुयभयो । उहाँले खेलकूद सबैको गौरव, स्वास्थ्य र संमृद्धिको प्रतिक बनेको बताउँदै देशको पहिचान स्थापित गर्न खेलकूदको विकास अपरिहार्य रहेको बताउनुभयो ।
राष्ट्रिय खेलकूँद परिषद्का सदस्य–सचिव केशकुमार विष्टले आधुनिक प्रविधिबाट नटबोल्ड जोडेर रंगशाला निर्माण गरिने बताउनुभयो । उहाँले राखेपले तुलसीपुर, इटरी र पोखरालाई पनि ‘स्पोर्ट सिटी’को रुपमा विकास गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो ।
रु २४ करोड २४ लाखको लागतमा निर्माण हुन लागेको रंगशालामा तीन हजार दर्शक अटाउने क्षमता छ । रंगशाला निर्माणको ठेक्का दिवा एमए प्रतिष्ठान कन्ट्रक्सन जेभी काठमाडाँैले पाएको छ । आगामी मंसिरभित्र सो रंगशाला निर्माण गरिसक्ने गरी सम्झौतामा उल्लेख छ ।