What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

चन्द्रमामा पाइला टेकेको ५० औँ वार्षिकोत्सव संसारभरि मनाइँदै
What To Know
- अन्तरिक्ष यान चन्द्रमामा अवतरण गरेका बखत एपोलो ११ का कमाण्डर आर्मस्ट्रङले भनेका थिए, “ह्युष्टन, ट्रयान्क्वीलीटी बेस हियर। द इगल ह्याज ल्याण्डेड।” अर्थात् हामी ट्र्याङ्क्वीलीटी आधारस्थलमा अवतरण गरेका छौँ।.
- आर्मस्ट्रङ सँगसँगै बज एल्ड्रीन र माइकल कलिन्स पनि चन्द्रमा मिसनका सहयात्री थिए। तीनैजना सन् १९३० मा जन्मिएका थिए। एल्ड्रीन र कलिन्स अझ जिवितै छन्, तर आर्मस्ट्रङको सन् २०१२ मा ८२ वर्षको उमेरमा निधन भएको थियो।.
एजेन्सी । हजारौँ मानिसले संसारभरि चन्द्रमामा पहिलो पटक मानव पाइला परेको ५० औँ वार्षिकोत्सव मनाइरहेका छन्। सन् १९६९ को जुलाईमा एपोलो ११ को इगल मोड्युल ट्र्याङ्कुलीटी आधारमा अवतरण गरेको थियो।
घण्टौँपछि नील आर्मस्ट्रङले चन्द्रमामा पाइला टेक्ने पहिलो मान्छेको इतिहास रचेका थिए। शुरूमा सोभियत सङ्घसँगको प्रतिस्पर्धाका कारण चन्द्रमामा जाने होडका रूपमा अगाडि बढेको आयोजना भए पनि खगोलमा रुचि राख्नेहरूबीच अहिले त्यो क्षणलाई विशेष क्षणका रूपमा स्मरण गर्ने गरिन्छ।
नासाले वार्षिकोत्सवका अवसरमा त्यस दिनको भिडिओ फूटेज अनलाइन राखेर मनाएको छ, जसले नयाँ पुस्तालाई ५० वर्षअघि आधा अर्ब मानिसले हेरेको ऐतिहासिक दृष्य पुन: हेर्ने मौका दिएको छ।
अन्तरिक्ष यान चन्द्रमामा अवतरण गरेका बखत एपोलो ११ का कमाण्डर आर्मस्ट्रङले भनेका थिए, “ह्युष्टन, ट्रयान्क्वीलीटी बेस हियर। द इगल ह्याज ल्याण्डेड।” अर्थात् हामी ट्र्याङ्क्वीलीटी आधारस्थलमा अवतरण गरेका छौँ।
ह्युष्टनस्थित उक्त मिसनको सञ्चारकेन्द्रबाट प्रत्युत्तर दिँदै चार्ली ड्युकले भनेका थिए, “रोजर ट्याङ्क्वीलीटी। वी कपी यु अन द ग्राउण्ड। यु गट अ बञ्च अफ गाइज अबाउट टु टर्न ब्लु। वी आर ब्रिदिङ अगेन।” अर्थात्, अद्भुत भयो। हामी निश्चिन्त भयौँ (भावानुवाद)।
त्यसको केही घण्टापछि चन्द्रमाको सतहमा पहिलो पाइला राख्दै नील आर्मस्ट्रङले ऐतिहासिक उद्गार गरेका थिए, “यो मान्छेका लागि सानो पाइला हो, तर मानवका लागि भने ठूलो फड्को।”
आर्मस्ट्रङ सँगसँगै बज एल्ड्रीन र माइकल कलिन्स पनि चन्द्रमा मिसनका सहयात्री थिए। तीनैजना सन् १९३० मा जन्मिएका थिए। एल्ड्रीन र कलिन्स अझ जिवितै छन्, तर आर्मस्ट्रङको सन् २०१२ मा ८२ वर्षको उमेरमा निधन भएको थियो।
चन्द्रमामा पाइला टेकेका एल्ड्रीनले शनिवार ट्वीट गर्दै भनेका छन्, “आज अमेरिकाले एउटा ठूलो प्रश्नको जवाफ दिएको छ: हामी त्यहाँ सबभन्दा पहिले पुग्यौँ। हामी चन्द्रमामा अवतरण गरेको २५ करोड अमेरिकीहरूले हेरेका थिए।”