हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
कालीगण्डकी करिडोर भदौ १५ सम्मका लागि बन्द
गुल्मी । वर्षायामको समयमा मानवीय क्षति नहोस् भनेर कालीगण्डकी करिडोरको हर्मिचौरदेखि अर्बेनीसम्मको सडकखण्ड भदौ १५ गते सम्मका लागि बन्द गरिएको छ ।
नेपाली सेनाले बम विष्फोट गरी सडक निर्माण गरिरहेको समयमा वर्षायामको समयसँगै विष्फोट गराएको सडकमा जोखिम हुने भन्दै सडक बन्द गरिएको कालीगण्डकी करीडोर निर्माण कार्यदलका प्रमुख कर्नेल रेश्मिराज भट्राईले जानकारी दिनुभयो ।
सो सडकमा जोखिम मोलेर यात्रा गर्दा र सवारी साधनहरु आवतजावत गर्दा मानवीय क्षति समेत हुन सक्ने भएकाले भदौ १५ गते सम्मका लागि सडक बन्द गरिएको हो ।
सोही समय अवधिमा नेपाली सेनाले हर्मिचौर देउराली सडक खण्डको पहरामा विष्फोट गरी पहरा फुटाउने कार्य जारी राखिने जानकारी दिएको छ । सो समयमा पैदल यात्रा गर्नेहरुका लागि पनि नेपाली सेनाको निगरानीमा यात्रा गर्ने र सुरक्षा दिने नेपाली सेना हर्मिचौरले जनाएको छ ।
हर्मिचौरदेखि अर्बेनीसम्मको सात किलोमिटर सडकखण्डमा बीचबीचमा पहिरो झर्ने कार्य जारी रहेकाले पनि सडक बन्द गर्नुपरेको प्रमुख भट्राईले जानकारी दिनुभयो ।