हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
नेकपामा कोको भए जिल्ला इन्चार्ज र सहइन्चार्ज ? सूचीसहित
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले ७७ वटै जिल्लाको इन्चार्ज र सहइन्चार्जको टुग्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकले ७७ जिल्ला ६ महानगरपालिकाका इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको हो। बैठकले पार्टीको विभाग र आयोगको नेतृत्व पनि टुंग्गो भने लगाउन नसकेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयाे ।
कपा स्राेतका अनुसार ४५ इन्चार्ज पूर्वएमाले र ३८ जना पूर्वमाओवादीको भागमा परेको छ । काठमाडौंको इन्चार्ज तत्कालीन एमालेको भागमा परेको छ भने भक्तपुर र ललितपुरमा पूर्वमाओवादीको भागमा परेको छ ।
३२ केन्द्रीय विभागमध्ये १८ पूर्व एमाले र १४ पूर्व माओवादीले लिने गरी भागवण्डाको सहमति भइसकेको बताइएकाे छ। सचिवालयको अर्काे बैठक मंगलबार १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने छ।