काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
प्रधानमन्त्री रोजगार कार्यक्रमः १३ दिन लगाएर खनियो निसीखोलाको गोरेटो
कौरव खत्री
बाग्लुङ्ग । जिल्लाको निसीखोला गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गोरेटो निर्माण गरिएको छ । गाँउपालिकाको वडा नं. ५ मा विनियोजन गरिएको चार लाख रुपैयाँको बजेटले बडावनखोला, मसलगाउँ, सिनखुंखण्डको करिव दुई किलोमिटर गोरेटो निर्माण गरिएको हो ।
गोरेटोको स्तरउन्नतिसँगै मसलगाउँ सिनखुं क्षेत्रका करिव ७० घरधुरीका स्थानीय प्रत्यक्ष लाभान्वित भएको समाजसेवी हेम सापकोटाले बताउनुभयो । विगतमा भारी बोकेर तलमाथि गर्न तथा गाईबस्तुलाई आवात जावत गराउन निकै गाह्रो रहेकोमा गोरेटो बाटो निर्माण भएपछि स्थानीयलाई सहज भएको छ ।
बजेट अभाबका कारण अन्य क्षेत्रको बाटो बिस्तारका लागि भने आगामी कार्यक्रममा प्राथमिकता दिइने निसीखोला गाँउपालिका ५ का वडाअध्यक्ष हर्कमान घर्ति मगरले बताउनुभयो । सिमित बजेटका कारण बाँकी सिनखुंसम्मको गोरेटो बाटो पु¥याउन नसकिएको उहाँले बताउनुभयो ।
निर्माण कार्यमा बेरोजगार फर्म भरी सूचीमा नाम प्रकाशित भएका वडाभित्रका १ सय १३ जना बेरोजगार युवायुवतीको सहभागितामा उक्त गोरेटो बाटो निर्माण कार्य गरिएको गाउँपालिकाले जनाएको छ । उक्क्त गोरेटो बाटो १३ दिन लगाएर निर्माण गरिएको थियो । उक्क्त कार्यक्रमको संयोजन गापा ५ का वडा प्रतिनिधि टंक प्रसाद पुन(तेजेन्द्र) ले गर्नुभएको थियो ।