इतिहास् रच्न चाहानुहुन्छ यो पढ्नुस् ! सुरुवात सानो गर्नुस् सोंच ठूलो राख्नुस्

I will succeed, not immediately but definitely.

काठमाडौँ । तिमी किन सफल हुन सकेनौ ? यदि हामीले कसैलाई सोध्यौँ भने अधिकांशको जवाफ कि त भाग्लाई दोष दिन्छन् यात आफ्नो बसमा नरहेको हैसियत नभएको र अक्सर अरु कसैका कारण आफू असफल हुनु परेको नै हन्छ । सम्भवत यो जवाफ कमन नै हुन्छ । कति प्रयास गर्नै छोड्छन् कति समाजले के भन्ला भन्ने कुराकै डर र भ्रममा काम नै सुवात गर्न सक्दैनन् । याद राख्नुस यस्तो भन्ने मान्छेहरु कि केही गर्न नचाहाने हुन्छन् कि जादुगरको जादुमय छडी जस्तो एकै झट्कामा ठूलो सफलता पाउन खाज्छन् । उनीहरू दुबैको प्रबृतिले नै असफल हुने हुन् । र दुबैको सोच पनि गलत हो ।

हमेसा याद राख्नुस् जो सफल भएको छ । जसले जीन्दगीमा केही हासिल गरेको छ । केही पाएको छ । उनीहरुले कुनै न कुनै सानो कामबाट नै सुरुवात गरेका छन् । संसारकै धनी ब्यक्ति विल गेट्सको एउटा चर्चित भनाई विश्वभर प्रख्यात छ स्टार्ट स्मल थिङ्क वीग । विल गेट्सले माइक्रोसफ्ट कम्पनीको सुरुवात एउटा सानाे कोठाबाट गरेका थिए । उक्त कम्पनी अहिले विश्वको सबैभन्दा ठूलो सफ्टवयर कम्पनी बनेको छ । एमेजनको सुरुवात किताव बेच्नबाट भएको थियो । रिलायन्सका धिरुभाइ अम्बानी कुनै एक समय पेट्रोल पम्पमा काम गर्थे । डा. एपीजे अब्दुल कलाम एक जमानामा अखबार बेच्ने काम गर्थे । बाटा, रिबोक, एडिडास जस्ता प्रख्यात कम्पनीहरुको सुरुवात पनि सानो सानो कामबाट नै भएको थियो ।

यी सबै ब्यक्ति र कम्पनीहरुमा एउटा कुरा कमन थियो । त्यो हो सुरुवात सानो तर सोच निकै ठूलो थियो । यस्तो होइन कि यिनीहरुलाई रिस्क लिन कहिल्लै डर नलागेको होस् । तर यिनीहरुले आफ्नो हिम्मत कहिल्लै छोडेनन् । जब एक घण्टा काम गर्नु थियो त उनीहरुले २ घण्टा काम गरे, जब ५ घण्टा काम गर्नु थियो त १० घण्टा मेहनत गरे र त आज सफलताको शिखर चुमे उनीहरुलेको सफलताले संसार हल्लाएको छ । सफलताको शिखर चुम्न उनीहरुलाई पनि त मुस्किल लागेको होला, सफलताको सफर निकै टाढा पनि लागेकै होला तर हिम्मतले जिते ।

यदि बाटाले दुनियाले के भन्ला कोही जुत्ता सिलाउनेवाला कम्पनी खोल्छ भनेर सोचेको भए ? डा एपीजे अब्दुल कलामले अखबार बेच्नेवाला कहीँ वैज्ञानिक बन्छ भनेर सोचेको भए ? यदि दुनियाले के भन्ला भनेर यिनीहरुले सोचेर बसेको भए । आज दुनियामा यति धेरै आविस्कारहरु हुने थिएनन् ।

सफलता पाउनको लागि आफूभित्रै विशेष क्षमता हुनुपर्छ । त्यो कसैमा पनि जन्मजात हुँदैनन् मेहनत , बारबार प्रयास गरेपछि बिस्तारै आउने कुरा हो । त्यही ट्यालेन्टले तपाईलाई सफलता दिलाउन सक्छ । त्यसैले कहिल्लै पनि नसोच्नुस कि यो मबाट हुँदैन , मैले गर्न सक्दिन मेरो बसको कुरा होइन, मेरो भाग्य मै छैन । या दुनियाले के भन्ला साथी भाइ आफन्त, समाजले के सोच्ला, के भन्ला । दुनियाले जे सुकै भनोस् जे सुकै सोचोस् छोड्दिनुस् सोच्न दिनुस् । तपाईँ आफ्नो काममा लागि रहनुस् । आफ्नो सोचलाई ठूलो बनाउनुस् फराकिलो बनाउनुस्, अनि आफ्नो सपनालाई साकार बनाउनुस् । मेहनत गर्नुस् अल्छि नगर्नुस् । बाहाना बनाउन छोड्दिनुु, अरुलाई दोष दिन छाड्दिनुस् । अनावस्यक नकारात्मक कुरामा अल्झिनु भयो भने एकै कुरा मिल्छ त्यो हो पश्चाताप । आलस्यता र बाहाना तपाईँको सबैभन्दा ठूलो दुस्मन हो । सपना साकार एकै दिनमा हुँदैन तर एक दिन जरुर पुरा हुन्छ मेहनत गर्न नछोड्नुस् ।

सफल हुने र असफल हुने दुबैको उद्धेश्य त ठूलो हुन्छ तर असफल हुनेले बाहाना बनाउँछ भने सफल हुनेले विकल्प खोज्छ । असफल हुनेले समस्यामा आत्तिन्छ हार मान्छ भने सफल हुनेले समस्यापर्दा समाधान खोज्छ । सफल हुनेमान्छे अभ्यास गर्छ असफल हुने मान्छे निराश हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *