नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

भारतीय दूतावासबाट आएको पत्रबारे मलाई जानकारी थिएन, त्यसबारे खोजी हुन्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आयातीत तरकारी र फलफूलका विषादी जाँचका विषयलाई लिएर भारतबाट पत्र आएको बारेमा आफूलाई जानकारी नै नभएको बताउनुभएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार आयोजना गरेको ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनः संरचना’ विषयको राष्ट्रिय कार्यशालाको उद्घाटन कार्यक्रम सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई जानकारी नदिइएको र त्यस विषयमा खोजी गरिने बताउनु भएको हो ।
गर्दै उहाँले नेपालीको भान्सा शुद्ध र खानेकुरा विषादिरहित हुनुपर्ने उद्देश्यले सरकारले जाँच सुरु गरेको र यो कसैका विरुद्ध नभई नेपालीको खानेकुराका बारेमा मात्र भएको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले जानकारी नभएका कारण केही सार्वजनिक कार्यक्रमहरुका भारतबाट कुनै पनि दबाब नआएको भनेर बोलेको भन्दै त्यसप्रति क्षमायाचना समेत गर्नुभएको छ ।