रोकिएको रङ्गशाला निर्माणको काम सुचारु हुने, धुर्मुस सुन्तलीको आयो यस्तो विज्ञप्ती

काठमाडौँ । बहुचर्चित हाँस्यकलाकार तथा सामाजिक अभियान्ता धुर्मुस सुन्तलीले ‘गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणको काममा ऐक्यबद्ध भइदिन आग्रह गरेका छन् । बिहीबार एक विज्ञप्ती जारी गर्दै बिवादका कारण केही समयदेखि स्थिगित भएको रङ्गशाला निर्माणको काम सूचारु गर्न लागेको जानकारी दिँदै आआफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गरेका छन् ।

‘हामी स्थगित निर्माण कार्यलाई सुचारु गरी ‘गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण कार्यमा आआफ्नो स्थान र क्षेत्रबाट ऐक्यबद्ध भइदिनुहुन अपिल गर्दछौँ ।’ विज्ञप्तीमा भनिएको छ, ‘हरेक काम समयमा नै कम लागत तथा पारदर्शी ढङ्गबाट हुनुपर्छ भन्ने कुरामा हामी सदैव सजग र सतर्क छौँ ।’

बिगतमा भएका कमी कमजोरीहरुलाई सच्याउँदै आगामी दिन त्यसखालका गल्तीहरु नदो¥याउने प्रतिबद्धता समेत फाउण्डसनले गरेको छ । धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष धुर्मुसद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । ‘जे नहुनु थियो भयो । त्यस गल्तीलाई सच्याउन त नसकिएला तर नदोहोरियोस् भन्ने कामना गर्दछौं, हामीलाई विश्वास छ त्यस्तो वातावरण फेरि नदोहोरिनेमा चितवन जिल्लावासीहरु समेत सजग भई प्रतिवद्ध रहनुहुनेछ ।’

निर्माणाधिन रङ्गशालाको पश्चिम तर्फको अस्थाई बारमा डोजर लगाएर केही स्थानीयले भत्काइदिएका थिए । त्यसपछि निर्माणको काम रोकिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *