बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

सार्वजनिक यातायातको भाडा बढ्याे, हेर्नुहोस देशभरीको गाडीभाडा विवरण
काठमाडाैँ । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागका अनुसार यात्रु बोक्ने र मालसामान बोक्ने दुबैथरी यातायातका साधनको भाडा बढेको छ ।
प्राविधिक समितिको सिफारिसमा भाडा १२ प्रतिशतसम्म वृद्धि गरिएको हाे । बृद्धि भएकाे भाडा असार १ गतेदेखि लागू हुने छ । सरकारले बसभाडा १० देखि १२ प्रतिशतसम्म वृद्धि गरेको हो ।
काठमाडौं उपत्यकाभित्र चल्ने सवारी साधनको भाडा १२ प्रतिशत, उपत्यकाबाट लामो दूरी तथा मालबाहकमा २० प्रतिशत भाडा वृद्धि गरिएको हो । स्थानीय रुटमा चल्ने बसमा न्यूनतम १४ रुपैयाँ रहेकोमा अब यात्रुले १६ रुपैयाँ तिर्नु पर्ने छ ।
यस्तै विभागले ट्याक्सीको भाडा प्रणाली नै परिवर्तन गरेको छ । यात्रुले एक किलोमिटरसम्म यात्रा गर्दा तिर्दै आएको न्यूनतम भाडा दरमा सामान्य सस्तो पर्ने छ। यसअघि चढ्नेबित्तिकै ट्याक्सीको मिटरमा १४ रुपैयाँ उठ्थ्यो । जस अनुसार एक किलोमिटरको भाडा ५३ रुपैयाँ पर्थ्यो । नयाँ प्रणालीअनुसार एक किलोमिटरसम्मको ५० रुपैयाँ भाडा निर्धारण गरिएको छ ।