काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
सुनकाे मुल्य बढ्याे
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन आज (शुक्रबार) रु ६ सयले बढेकाे हाे ।
शुक्रबार छापावाला सुनकाे मूल्य प्रतितोला ६३ हजार रूपैँया पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रति तोला ६२ हजार ७ सयमा कारोबार भईरहेकाे छ ।
हिजो (बिहिबार) छापावाला सुन ६२ हजार ४ सय रहेको महासंघले जनाएकाे छ । यस्तै आज चादी प्रति तोला ७ सय २० रुपैयाँमा कारोबार भईरहेको महासंघले बताएकाे छ । चाँदिकाे मूल्य पनि ५ रूपैँयाले बढेकाे हाे ।