हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
गणतन्त्र दिवस : जनताले जितेको दिन
काठमाडौँ । आज नेपालमा राजतन्त्रको अन्त्य भई जनताको शासन अर्थात् सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको दिन । आजैका दिन २०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो ऐतिहासिक बैठकले नेपाललाई गणतन्त्रमा लैजाने प्रस्ताव अत्यधिक मतले पारित गरेको थियो । गणतन्त्र घोषणा अर्थात् जनताले जितेको आज ११ वर्ष पुगेर १२ वर्ष लागेको छ ।
नेपाल सरकारले गणतन्त्र दिवसलाई धूमधाम र उत्सवका साथ स्वदेश तथा विदेशमा तीन दिनसम्म मनाउने निर्णय गरेअनुसार विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने क्रम जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ र बुधबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । साथै, नारायणहिटी राजदरबार परिसरमा निर्माण भएको ‘गणतन्त्र स्मारक’ आजबाटै सञ्चालनमा आउँदैछ ।
नेपाली जनताको ठूलो त्याग, तपस्या र अनेकौं बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई जनजनसम्म पु¥याउनका लागि के गर्नुपर्ला भनी पूर्वराष्ट्रपतिदेखि विभिन्न राजनीतिक दलका नेताहरूसँग राखिएको जिज्ञासामा उहाँहरूले देशमा गणतन्त्र आइसकेकाले अब नेपाली जनताको चाहना सुख, समृद्धि र विकास रहेको बताउनु भएको छ ।
पूर्वराष्ट्रपति डा.रामवरण यादवले अनुभवी नेताहरूले गणतन्त्रलाई कमजोर बनाउन नदिने विश्वास गर्दै जनतामा आएको चेतनताले गणतन्त्रलाई अब कसैले हल्लाउन नसक्ने बताउनुभयो । डा. यादवले भन्नुभयो, ‘‘राष्ट्रपति विद्यादेवी भण्डारी शालीन व्यक्तित्व हुनुहुन्छ, राजनीति गरेर जनताको बीचबाट आउनुभएको हो, उहाँ संविधानको रक्षक र पालक हुनुहुन्छ ।’’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले गणतन्त्र आएकै कारण नेपालको इतिहासमा पहिलोपटक जनता अधिकार सम्पन्न भएको बताउनुभयो । गणतन्त्रले जनताले छानेको व्यक्तिलाई राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, आफ्नो प्रतिनिधिमा स्थापित गर्ने गरेको चर्चा गर्दै उपनेता नेम्बाङले राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुखजस्ता अङ्गमा एकैचोटि महिलालाई पु¥याउन सफलता मिलेको स्मरण गराउनुभयो ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दुई सय वर्षदेखि राजतन्त्रले जम्मा गरेको फोहोर एक दशकमै सफाचट गर्नै सकिन्न र धेरै पुराना संरचना अझै कायमै रहेको बताउनुभयो । उहाँले एकैचोटि सबैथोक फेर्न खोज्नु पनि हुँदैन र गणतन्त्रमा टेकेर सुशासनतर्पm जाने मार्गप्रशस्त गर्नुपर्छ भन्नुभयो ।
नेता भट्टराईले जनताको चेतना उच्च रहेकाले पूर्वराजा ज्ञानेन्द्रले आफ्ना सन्ततिको हितका लागि गणतन्त्रलाई स्वीकार गर्दै उनीहरूलाई गणतन्त्रको प्रक्रियामा सहभागी हुन सक्ने मार्गप्रशस्त गर्नु राम्रो हुने सुझाव दिनुभयो ।
‘गणतन्त्रको विकल्प राम्रो गणतन्त्र मात्र हो’ भन्दै नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री नरहरि आचार्यले गणतन्त्र घोषणा भएको एक दशक बिते पनि व्यावहारिकरुपमा दुई वर्ष मात्र पूरा भएको भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले संविधान बनाएपछि मात्र वास्तविकरुपमा गणतन्त्र आएको हो, त्योभन्दा पहिले त सङ्क्रमणकाल थियो ।’’