बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

गायक प्रसाद खप्तरीको दिल दुखाउने पाहुना बनिन् रिना
काठमाडौँ । लोक तथा दोहोरी गायक प्रसाद खप्तरी मगरले एकल स्वरमा नयाँ गीत ‘पाहुना’ सार्वजनिक गरेका छन् । नेपाली मौलिक परम्परा र संस्कृतिमा आधारित गीतमा एकछत्र पहिचान बनाएका गायक खप्तरीले नेपाली लोकदोहोरी गीतका पारखीहरुका लागि यस गीत मार्फत नयाँ स्वाद चखाउने प्रयास गरेका छन् ।
आम असफल प्रेमी जोडीहरुको कहानी समेटिएको गीतमा प्रयोग गरिएका मार्मिक शब्दले गीतको भावलाई अझ जीवन्त बनाएको छ । यो गीतले मायाँमा असफल भएका प्रेमीहरुको मनोभाबलाई समेटेको छ । मनमनै मन पराएको मान्छेलाई पाउन नसकेका धरेरै प्रेमी जोडीको यथार्थलाई देखाउन खोजिएको छ ।
पछिल्लो समय छमछममी नचाउने एकै प्रकृतिका गीतहरु आइरहेका बेला लोकसंगीतका स्रोता दर्शकलाई पृथक स्वाद दिन खोजेको गायक खप्तरीले बताए । “बजारमा एकै प्रकृतिका गीतहरु आइरहेका छन् मैले बजारको यो भीडमा नयाँपन दिन खोजेको हुँ,” गायक खप्तरीले भने, “यो मेरा लागि पनि नयाँ अनुभव हो मौलिक सोरठी, सालैजो, मारुनी भन्दा फरक लयमा प्रस्तुत हुने । मोडल रिना थापाले पनि नयाँ शैलीमा प्रस्तुत हुने प्रयास गर्नुभएको छ ।”
राजकुमार बगरको शब्द संगीत रहेको यस गीतको भिडियोमा गायक खप्तरी र नेपाली लोकसंगीतकी चर्चित मोडल रिना थापाले अभिनय गरेका छन् । भिडियो निर्माणधीन लाफा भिलेजमा छायाङ्कन गरिएको हो । दुर्गा पौडेलले निर्देशन गरेको भिडियोको सम्पादन नबिन घर्ती मगरले गरेका हुन् ।
हेर्नुस् पूरा भिडियो –