पढाइमा ध्यान केन्द्रित कसरी गर्ने

युव मगर
काठमाडौँ । पढ्न त मन नै लाग्दैन किताब खोल्यो कि असहज महसुस हुन्छ निद्रा लाग्छ हाइ आउँछ आँशु आउँछ । ध्यान लगाउने लाख कोशिष गर्दा पनि पढाइप्रति ध्यान नै जाँदैन फोकस नै हुँदैन यार परीक्षा पनि नजिक आइसक्यो सेलेवस पनि थुप्रै बाँकी छ तर पढ्ने मन पटक्कै छैन । पढ्न बस्यो की ध्यान भड्कीहाल्छ एकछिन यताउति ग¥यो पानी खायो पढ्न बस्यो र पनि खै पढाइमा ध्यान केन्द्रित नै हुँदैन । हातमा किताब भए पनि ध्यान अन्तै मोडिन्छ मनमा बिभिन्न कुराहरु आइहाल्छ । फोनमा घण्टौ बिताएको पत्तो हुँदैछ पढ्न बस्यो आधा घण्टा त के १५/२० मिनेट पनि राम्रोसँग पढ्न सकिदैन । के गरु पढाई छोड्दिउँ कि के हो ? सायद म पढ्नका लागि होइन । संसारका अरु मान्छे जस्तै स्कूल ड्रप आउट मिलियनर पो बन्छु कि बिजनेस गर्न थालौँ कि त हँ ! अरे यार के सोच्दैछस् के सोच्दैछेस !

के गर्न मनलाग्छ त हँ

मोवाइल चलाउन, टीकटकमा भिडियो बनाउन की अरुको हेर्न कि युट्युवमा बकबास फाल्तु भिडियो हेर्न ? डबल मिनिङ थमनेल क्लिब वाइट हेडलाइन फेसबुकमा नानाथरी पोष्ट हेर्न पढ्न लाइक कमेन्ट गर्न खुबै मन लाग्छ ? मोवाइलमा बिभिन्न एप इन्स्टल गरेर चलाउन गेम खेल्न की भिपिएन एक्सटेन्सन राखेर पोर्न साइट हेर्न कि इमो भाइबर म्यासेन्जरमा घण्टौ च्याट गरेर चिप्किएर बस्न यस्ता फाल्तु कुरामा किन मन गर्छ कहिल्लै सोचेको छस् कहिल्लै सोचेकी छस् यस्ता कुराहरुमा अल्झिएर दीर्घकालीन फाइदा बेफाइदा के होला के असर गर्ला ?

कहिल्लै सोचिस् बिचार गरिस् किन कुनै सही काम गरौँ फाइदा जनक काम गरौँ आज कुनै नयाँ कुरा सिकौँ के सोच्थिस यस्ता कुरा सोच्ने बिचार गर्ने कहाँ फुर्सद छ तँलाई यी कुरा गर्न त दिमागमा स्ट्रेस पर्छ आलसी दिमागलाई जोड लगाउनपर्छ मानसिक तनाब बढ्छ होइन ? किन की तँ त्यस्ता कुरा सामना गर्न तयार छैनस् छैनेस् । मनोरञ्जन मोज मस्ती वाह क्या छ दुई दिनको जीन्दगी । साह्रो गाह्रो लाग्ने कुरामा दिमाग चलाउने नै होइन त्यसैले त सारा दुनिया मनोरञ्जनका पछि लागेको छ तँलाई पनि त्यही भिडमा मिसिनु छ । शिक्षा पढाइ त सबैलाई बोरिङ लाग्छ बगबास लाग्छ नेपालको पढाई फेरि बुर्जुवा कहलिएकै छ ।

तर याद गर दुनियाका एक प्रतिशत जो सफल ब्यक्ति छन् नी उनीहरु सबैले इन्टरटेनमेन्टको बदला एजुकेसन चुनेका छन् । किनकी एक हिरो अप्ठ्यारा र पीडाहरुबाट भाग्दैन उसले चुनौतिहरुको डटेर सामना गर्दछ । भाग्ने त कायरहरुको काम हो । तँ भने गतिलो कामका लागि पढ््नका लागि त मन लाग्दैन मन छैन भन्दै बस्दैछस् बस्दैछेस् । के गर्न मन छ तलाईँ Immediate fulfillment of pleasurable desires सामान्य भाषामा सिधा कुरा मजा गर्ने मोजमस्ती गर्ने त्यो पनि तत्काल । जसको केही अर्थ छैन तेरो दीर्घबकालीन जीन्दगीमा चाहे जति नै समय लागोस् भोलि तँ बरबाद नै किन नहोस् तर अहिले मजा आउन प¥यो भोलि कसले देखेको छ र ! जे गर्नु छ तत्कालका लागि गर्नु छ मोज मस्तीका लागि गर्नुछ । यही होइन तेरो सोच

एक पटक सोच

बाबा आमाले दुखजिलो गरेर हुर्काएको यसकै लागि हो ? खर्च गरेर पढाएको यसकै लागि हो ? पढ्लाई सहर पठाएको यसकै लागि हो ? परिवार बाबा आमाको कुरा छोडौँ तेरो भविश्य तेरो सपना तत्कालीन मोजमस्ती र ऐसोआरामका लागि मात्रै हो ? तेरो भविश्यको आधार यही हो ? सोच यसरी अमुल्य समय फाल्तु काममा बिताउनु सही हो ?

होइन यो सतप्रतिशत गलत हो ? उसो भए के गर्ने तेरो मनलाई आवस्यकताको आधारमा चाहिने कुरामा भुलाउने कोशिष गर । किन कि जरुरत कुनै फिलिङ्गस होइन यो ब्यवहारिक तथ्य हो ।

त्यसैले पढ्न जरुरी छ किन कि परीक्षामा राम्रो अङ्क ल्याएर पास गर्नु छ । दाम कमाउनु छ नाम कमाउनु छ त्यो पनि मनग्य । त्यसका लागि आफ्नो मनलाई सही काममा एकाग्र पार्नु छ । यो एकाग्रतालाई तीब्र रुपमा बढाउनु छ । जसले बढी भन्दा बढी जटिल र मुस्किल कामहरुलाई समस्याहरुलाई पनि सहज रुपमा समाधान गर्न सकियोस् । समग्रमा यो शिक्षा वा पढाईको तनाब सहेर आफ्नो मनलाई बसमा राख्न सक्छस् सक्छेस् । तलाईँ के लाग्छ संसारमा नाम चलेका सफल ब्यक्तिहरु जो स्कूल ड्रप आउट ब्यक्तिहरु अनपढ छन् । नपढेर पनि सफल भएका हुन् । अरे पागल उनीहरुका तेरो घर कोठा भन्दा ठूला लाइब्रेरी हुन्छन् । तैँले जीन्दगीमा अहिलेसम्म नपढेका पुस्तक त उनीहरु हरेक महिना पढ्छन् । तैँले जस्तो इन्टरनेटमा नचाहिने कुरा फाल्तु कुरा सर्च गरेर बस्दैनन् चाहिने कुरा नयाँ नयाँ खोजहरुमा एक्सपेरिमेन्ट गरिरहेका हुन्छन् ।

सोच मनमनै

मैले जसलाई स्कूल ड्रप आउट मानिरहेको थिएँ उनीहरु बिना डिग्री संसार जिते अरे जुन कुरादेखि म यति टाढा भागिरहेको छु त्यो मेरो लागि यति धेरै जरुरी छ । यसमा मेरो लागि यति धेरै फाइदा छ । म भने बाहाना बनाएर भागिरहेको थिएँ । त्यो पनि एउटा असहज महसुस भएको सानो बहानामा धत् ! अरे यार कुरा त सही हो केही दिनको मानसिक तनाब सहेर मैले पढाइमा ध्यान दिएँ भने मलाई जुन विषय असहज लाग्छ त्यो विषयलाई सामान्य रुपमा पढ्न बुझ्न सके भने त मैले गर्न नसक्ने केही रहेछ छ । अब पढ्न सुरु सबैभन्दा अप्ठ्यारो, बोरिङ लाग्ने विषयबाट नै पढ्न सुरु …..

प्रतिज्ञा गर

तनाब सुरु भइसक्यो ध्यान अन्त गइसक्यो फोनमा नोटिफिकेसन आइसक्यो हात फोन तिर गइसक्यो नाइ नाइ नाइ महत्वपूर्ण समय खेर फाल्दिन म पढ्छु । फोन अफ गर्दिन्छु ।
कमसेकम बल गरेर भए पनि एक घण्टा पढ्
नाइ यार आजलाई पुग्यो बाँकी भोलि पढ्छु

सोच परीक्षा नजिक आयो पढ्न धेरै छ गर्न धेरै छ । बरु एक छिन् आराम गर चिया कफी पानी खा फ्रेस भएर आइज र फेरि पढ एक घण्टाको पढाइले पुग्दैन । एक च्याप्टर अरु पढ, एक थप प्रश्नको उत्तर खोज, गणितको जटिल हिसाब, एकाउण्टको एउटा मुस्किल सूत्र, अभ्यास गर मुख्य बुँदा एक पटक हेर सकेसम्म बुझेर पढ आउँदो गरा, पूराना प्रश्न हेर सेलेबस हेर लामो प्रश्नको उत्तर कसरी लेख्ने कति लेख्ने बुझेर पढ, सम्झिने प्रयास गर । प्रश्न बुझ उत्तर के खोजेको हो राम्रा अक्षरमा लेख्ने प्रयास गर ध्यान लगाएर पढ मन लगाएर पढ पढेर राम्रो अङ्क ल्याएर पास गर्नु छ ।

संसार जित्ने उद्धेश्य छ जाबो सात आठ ओटा किताब पढ्न हार मानेर हुन्छ । कुनै बाहाना नबना, मन हो बहकिन्छ कहिले अतालिन्छ आखिर तेरै मन त हो आफै सम्हाल । सफल हुने छस् । तेरो सफलताका लागि शुभकामना

याे पनि पढ्नुस्

परीक्षा तयारी गर्ने १० सरल तरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *