बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

बैशाख २९ गते सार्वजनिक विदा दिने सरकारकाे निर्णय
काठमाडाैँ । ललितपुरको महालक्ष्मी नगरपालिकाले वैशाख २९ गते सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाको वैशाख २३ गते बसेको कार्यपालिकाको बैठकले स्थानीय पर्व विदा दिने निर्णय गरेको हो ।
नगरपालिकाले एक सुचना प्रकाशित गरि महालक्ष्मी मन्दिरको नामाकरणबाट नगरपालिकाको नामाकरण गरिएको र जात्रासँग स्थानीय जनताको भावना जोडिएको र सांस्कृतिक पर्व भएकोले भव्यताका साथ मनाउन आग्रह सहित नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरेकाे जनाएकाे छ ।
नगरपालिकाका क्षेत्रभित्रका सम्पूर्ण कार्यालय, विद्यालय, संघ, संस्था आदिमा हरेक वर्षमा १ पटक अक्षय तृतीया पश्चातको अष्टमीमा (सरकारी पुजा गरिने दिन) सार्वजनि विदा दिने निर्णय गरेकोले २०७६ सालको हकमा यहि बैशाख २९ गते (आइतबार)अष्टमीका दिन सार्वजनिक विदा हुने सूचनामा उल्लेख छ ।
संघीय सरकारले सार्वनिक बिदाका कारण सरकारी कामकाज प्रभाबित भएकाे भन्दै बिदा कटाैती गरेकाे थियाे तर स्थानीय सरकारले आफुलाई आवश्यक पर्ने विदा आफैले दिन थालेका छन् । यसअघि पनि देशका बिभिन्न स्थानीय तहले आफ्नाे क्षेत्रमा बिभिन्न पर्व तथा दिवसकाे अवसरमा सार्वजनिक बिदा दिएका छन् ।