परीक्षा तयारी गर्ने १० सरल तरिका

काठमाडौँ । आज पनि हाम्रो पढाई वा शिक्षा परीक्षा र जागिर केन्द्रित छ । तपाईँ हामी अधिकांशको प्रमुख लक्ष्य भनेको सजिलोसँग परीक्षा पास गर्ने र सकेसम्म सरकारी नभए कुनै राम्रो कम्पनी संस्थामा जागिर खाने नै छ । तर बिभिन्न कारणहरुले हाम्रो परीक्षाफल राम्रो आउँदैन । अथवा भने जस्तो गतिलो नम्बर आउँदैन । हामीले खोज्जे सफलताको सरल उपाय हो । यहाँ हामी परीक्षा तयारी सम्बन्धी बुँदाहरुमा चर्चा गर्दैछौँ । यो मेरो केही ब्यक्तिगत अनुभव र बिभिन्न पुस्तक तथा लेखहरुको अध्ययनको सारांश पनि हो । यसले मध्यम तथा कमजोर विद्यार्थीहरुका लागि पक्कै पनि सहयोग पुग्नेछ ।

(१) पढाईका लागि पर्याप्त समय दिनुस्

नपढी सुखै छैन । पढाईका लागि पर्याप्त समय दिनुपर्छ । तर ध्यानपूर्व भित्री मनैदेखि मन लगाएर पढ्ने हो भने लामो समय खर्चिनु पनि पर्दैन । कतिपय अवस्थामा चाहेर पनि समय र कामको तालमेल मिलाउन कठिन पक्कै पनि पर्छ । यद्यपी हामीले पछिल्लो समय जति सामाजिक सञ्जालमा बिताउने गरेका छौँ । जति समय युट्युवमा अनावस्यक भिडियो हेरेर समय बिताएका छौँ टिकटकमा भिडियो बनाउन वा अरुको भिडियो हेर्नमा जति समय ब्यतित गर्ने गरेका छौँ त्यसको आधा समय पढाईका लागि दिनुभयो भने परीमा राम्रो अङ्क ल्याए पास गर्न पर्याप्त हुन्छ । परीक्षाका अन्तिम समयमा आएर मात्र पढ्ने धेरैको हुन्छ अन्य समयमा पनि थोरैथोरै समय दिनुभयो भने पढाईको पनि अन्य कुराहरुमा जस्तै बानी बस्त अथवा भनौ लत बस्छ । सफलताको सजिलो बाटो संसारमा कतै छैन तर समय र तरिका मिलाउने हो भने कुनै पनि काममा मेहनत परिश्रम वा दुःख कम गर्न सकिन्छ । यसका साथै अपेक्षित परिणाम पनि प्राप्त गर्न सकिन्छ । त्यसैले आजैबाट थोरै थोरै समय पढाइमा पनि खर्चिने गर्नुस् । यो आर्टिकल पढिसकेपछि कमसेकम दैनिक १०÷१५ मिनेट आजैबाट पढाइमा समय दिनेगर्नुस् ।

(२) पढाईलाई ब्यवस्थित र संगठित गर्नुस्

कुनै पनि कुरा अस्त ब्यस्त लथालिङ्ग भयो भने त्यो राम्रो देखिँदैन । सही कुरा सही ठाउँमा प्रयोग गर्नु पर्छ प्रक्रिया मिलाएर गर्नु पर्छ । जसरी राम्री देखिन मेकअप गरिन्छ । ढङ्ग पुर्याएर गर्ने हो भने जसरी रुपरङ्गमा सुन्दरता देखिन्छ । त्यसैगरी मानसिकतामा पनि सुन्दरता ल्याउन पढाईमा ध्यान दिनु जरुरी हुन्छ । यहाँ पढाईका लागि ठाउँ, पुस्तक, नोट लगायतका आवस्यक शैक्षिक सामाग्रीहरुई ब्यवस्थित गर्नुपर्ने हुन्छ । आवस्यकताका आधारमा चाहिने नचाहिने पाठ्यपुस्तक सामाग्री मिलाएर राख्नुस् कहिलेकार्हीँ पढ्न खोजेको पुस्तक नोट नभेटिन सक्छ । त्यसैले सुन्दा सामान्य लागे पनि हामीले ध्यान कमै दिए पनि यस्ता कुराहरुले धेरै प्रभाब पारिरहेको हुन्छ । पढ्ने बेला आफूलाई कम्र्फटेवल हुने गरी वातावरण मिलाउनु पर्छ । तन मनलाई एकाग्र बनाएर पढ्नु पर्छ । ध्यान दिएर बुझेर पढ्ने गर्नुपर्छ । कण्ठ गरेको भन्दा बुझेर पढेको कुरा लामो समय सम्झिन सकिन्छ ।

(३) तथ्याङ्क तथा बिभिन्न रिपोर्टहरुको प्रयोग गर्नुस्

तथ्याङ्कहरुको अध्ययन तथा प्रयोगले तपाईँ हाम्रो पढाई अझ प्रभाबकारी हुन्छ । परीक्षामा प्रश्नले खोजेको उत्तरमा तथ्याङ्क दिन सक्नुभयो भने तपाईँको उत्तर अझ उत्तम हुन्छ । तपाईँले ब्याखा गर्न खोजेका कुराहरु तथ्याङ्कले प्रष्ट पार्छ भने पढेका कुरा सम्झन पनि सजिलो हुन्छ ।

(४) पुराना प्रश्नपत्रको अध्ययन

हामीले पूराना परीक्षा र प्रश्नपत्रहरुमा खासै ध्यान दिँदैनौ तर यसले परीक्षा तयारीमा निकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । परीक्षा तयारीको सबैभन्दा प्रभाबकारी विधि पनि यही हो । पूरा प्रश्नपत्रहरुको हल गर्ने अभ्यास गर्नुभयो भने राम्रो नतिजा ल्याउन निकै सजिलो हुने गर्छ । प्रश्नपत्र सरलिकरणका लागि बिभिन्न फर्मुलाहरुको पनि प्रयोग गर्न सक्नुहुन्छ । पढ्नुका साथसाथै उत्तर लेख्ने अध्यास पनि गर्नुपर्छ । कतिपय कुरा पढेर जाने पनि लेखाइमा समस्या आउन सक्छ । हामी धेरैको बानी हुन्छ एकै पटक परीक्षा हलमा गएर मात्रै लेख्ने यस्तो गर्नु हुँदैन घरमै पनि पूराना प्रश्नपत्रहरुको अथावा महत्वपूर्ण मानिएका सम्भाबित प्रश्नहरुको उत्तर लेख्ने प्रयास गर्नुपर्दछ ।

(५) आफूले पढेका जानेका कुरा वा उत्तर साथीसंगी वा अरुलाई सुनाउनुस्

आफूले जानेका कुराहरु अरुलाई पनि सिकाउने गर्नुस् यसो गर्दा सम्झिन सजिलो हुन्छ भने ज्ञान बाड्ने हो भने झन बढ्छ । त्यसैले साथीहरुबीच मिलेर एक अर्काले जाने बुझेका कुराहरु सेयर गर्ने गर्नुस् । अथवा तपाईले तयार गरेका नोट वा पुस्तकसँग तुलना गरेर आफूले उत्तर भन्ने लेख्ने अभ्यास गर्नुस् । यसका लागि भाइ बहिनी वा परिवारका अरु कसैको पनि सहयोग लिन सक्नुहुन्छ ।

(६) साथीसँग मिलेर संगठित भएर पढ्नुुस्

हामी धेरैको नराम्रो बानी छ साथीहरुलाई आफूले जानेका कुराहरु पनि नसिकाइदिने नभन्ने यो साह्रै नराम्रो बानी हो । कसैले हाम्रो भाग खोसिदिन आउने होइन एक दुई नम्बरको फरक परेर संसार डुब्ने होइन । क्याम्पस वा परीक्षा टप गर्ने कुनै एकले हो । मध्यम लेवलका विद्यार्थीहरुका लागि यसले खास अर्थ राख्दैन । त्यसैले साथीभाइ एक अर्काबीच मिलेर छलफल गरेर पढ्ने बानी गर्नुस् यसले छलफलमा सहभागी सबैलाई फाइदा गर्छ ।

(७) लगातार नपढ्नुस् समय समयमा ब्रेक लिनुस्

पढ्दा तरिका मिलाएर पढ्नुपर्छ । पढ्ने भनेर लगातार पढेर पनि हुँदैन परीक्षा नजिकिएपछि वा परीक्षाको अघिल्लो दिन निकै लामो समय पढ्ने हाम्रो बानी छ । त्यस्तो गर्नुहुँदैन यसो गर्दा मानसिक स्ट्रेस बढ्छ त्यसैले पढेका कुराहरु लामो समय सम्झनामा रहँदैन । पढ्नेबेला जानेको जस्तो लागे पनि केहीसमयपछि सम्झनामा नआउन सक्छ । त्यसैले धेरै तनाब लिएर लगातार पढ्नु पनि राम्रो हुँदैन ।

(८) खानपान पनि ध्यान दिनुुस्

दैनिक खानपानले पनि हाम्रो दैनिकी र पढाईमा असर गरिहेको हुन्छ । त्यसैले स्वस्थर खानपानमा ध्यान दिने गर्नुस् । सामान्य कुरा भए पनि यसले पढाईमा मात्र होइन पूर्ण स्वास्थ्यमा पनि असर गरिरहेको हुन्छ । फ्रेस, भिटामिन युक्त खानेकुराहरु खाने गर्नुस् कतिपय फलफल तथा खानेकुराहरुले स्मरण शक्ति बढाउमा समेत मद्धत गरिरहेका हुन्छन् ।

(९) परीक्षा तयारीको रणनीति बनाउनुस्

उपयुक्त योजना बिना कुनै पनि काम सफल हुन सक्दैन । त्यसैलmे उचित प्रतिफलका लागि निश्चित योजना र रणनीति बनाउनुपर्दछ । रणनीति बनाउने भन्दैमा फेरि चिट बनाउने होइन नी । आवस्यक सामाग्री, समय तालिका, परीक्षा केन्द्रसम्म जाने रुट र परीक्षा समयको तारतम्य मिलाउनुहोस् । केन्द्र कहाँ छ कुनै रुटभएर जाँदा सजिलोपर्छ काठमाडौँ वा सहरी क्षेत्रको हकमा कुन रुटमा जाम कम छ पहिले नै बुझ्नुस् । गुगल म्यापमा रुट र केन्द्र हेर्नुस्, अथवा ट्राफिक प्रहरीको सहयोग लिएर रुट पत्ता लगाउनुस् ।

(१०) सफा चिसो पानी पिउने गर्नुस्

परीक्षा तयारीका समय वा अन्य समयमा पनि पढ्ने बेला चिसो पानी पिउने गर्नुस् यसले ताजापनको महसुस् गराउँछ । रिफ्रेस गराउँछ । परीक्षा हलमा पनि पानी पिउनुस् सकै आफै लिएर जानुस् नभए त्यहीँ मागेर पिउनुुस् । परीक्षामा पनि मुख्य मुख्य प्रश्न वा जानेका प्रश्नको उत्तर लेखेपछि यसो ट्वाइलेट पनि जानुस् । त्यहाँ रिफ्रेस मात्र होइन पढ्ने वातावरण पनि मिल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *