केही तिता मिठा कुराहरु, सायद तपाईँको पनि मन छुनेछ –

  • पात नझरिकन त बिरुवामा नयाँ पालुवा समेत पलाउँदैन ठीक त्यसरी नै मानिसको जीवनमा पनि बिभिन्न कठिनाई र संघर्ष नसहीकन मानिसका पनि राम्रा दिन आउँदैन ।
  • खराब बानी ब्यवहार र आचरण बेलैमा बदल्नु भएन भने त्यसले तपाईको बखत नै बदल्दिने छ ।
  • भोलिको धेरै चिन्ता गरेर नबस्नुस जसले आजसम्म सम्हालेको थियो भोलिका दिन पनि सम्हाल्नेछ तर सुन्दर भविश्यका लागि चिन्तन गर्न भने नछोड्नुस् ।
  • बरु ढिला बन्नुस तर जरुर केही बन्नुस केही गर्नुस् किन कि समयसँगै यहाँ मान्छेहरु हालखबर होइन तपाईँको हैसियत सोध्नेछन् ।
  • यो छोटो जीन्दगीबाट बहुत ठूलो ज्ञान मिलेको छ जनाब सम्बन्ध सबैसँग राख्नुुस तर आशा कसैबाट पनि नगर्नुस् ।
  • आँखामा आफ्नोपन झल्कियोस् यस्तो ब्यक्ति लाखौँमा एक मात्र मिल्दछ राम्रो मान्छेको एक खराब बानी हुन्छ की ऊ हरेक मान्छेमा राम्रो मात्र देख्दछ ।
  • कसले भन्छ कि पैसाले सब कुरा खरिद गर्न सकिन्छ भनेर दम छ भने टुटेको विश्वासलाई पैसाले खरिद गरेर कसैले देखाओस् ।
  • जहाँ तपाईँको सम्मान हुँदैन त्यहाँ जान आजै देखि चटक्कै छाड्दिनुस् त्यो चाहे कोही आफन्तको घर होस् वा दिल ।
  • अहंकारले भरिएका मान्छेहरु न आफ्नो गल्ती देख्छन् न अरु कसैको राम्रो कुराहरु नै देख्न सक्छन् ।
  • याद राख्नुस् कोही बिना कोही मर्दैन यो समय नै सबैलाई परिस्थिति अनुसार जीउन सिकाउँछ ।
  • कसले भन्छ जीन्दगी मात्र एक पटक मिल्छ भनेर यो गलत कुरा हो किनकी मृत्यु हो एक पटक मिल्ने जीन्दगी त हरेक दिन हरेक पल नयाँ ढङ्गले मिल्ने गर्छ ।
  • आँशु नखसाली नरोइ त प्याज पनि काट्न सकिँदैन यो त जीन्दगी हो जनाब यसै कहाँ कट्छ होला र ।
  • जीन्दगीमा दुई प्रकृतिका मानिसहरुसँग सधै टाढा रहनु एक ब्यस्त र अर्को घमण्डी । किन कि ब्यस्त मान्छे आफ्नो मर्जिले कुरा गर्ने छ भने घमण्डी मानिस आफ्नो मतलबका लागि मात्रै याद गर्नेछ ।
  • जीन्दगीमा उतार चढाप त आउनुपर्छ र त्यो जरुरी पनि हुन्छ किन की ईसीजीमा पनि सिधा लाइनको त मृत्यु भन्ने अर्थ हुन्छ ।
  • समय त बित्थ्यामा बदनाम छ यहाँ मान्छेहरु बदलिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *