कति छन् नेपालमा बेराेजगार ? यस्ताे छ तथ्याङ्क विभागको प्रतिवेदन

काठमाडौँ । मूलुकमा बेरोजगारीको संङ्ख्या ९ लाख ८ हजार रहेको तथ्याङ्क सार्वजनिक भएको छ । केन्द्रिय तत्थ्याङ्क बिभागले हालै सार्वजनिक गरेको प्रतिबेदन अनुसार मुलुकमा बेरोजगारी दर ११.४ प्रतिशत पुगेको छ । १५ वर्ष वा सो भन्दा बढी उमेर समूहको जनसंख्या २ करोड ७ लाख ४४ हजार छ । ती मध्ये ७० लाख ८६ हजार जनसंख्या रोजगारीको क्षेत्रमा रहेको तथ्याङ्कमा उल्लेख छ ।

केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्क अनुसार नेपालमा १५ वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसंख्यामध्ये नौ लाख आठ हजार (९,०८,०००) जनसंख्या बेरोजगार छ । जसमध्ये पाँच लाख एघार हजार (५,११,०००) पुरुष छन् भने तीन लाख सन्तानब्बे हजार (३,९७,०००) महिला छन् ।

रोजगारीमा रहेका जनसंख्यामध्ये ६९ प्रतिशत सहरमा र ३१ प्रतिशत ग्रामीण क्षेत्रमा रहेको तथ्याङ्कमा उल्लेख छ । रोजगारीमा रहेका पुरुषमध्ये सहरमा ६८ प्रतिशत र ग्रामीणमा ३२ प्रतिशत रहेका छन् । यस्तै, रोजगारीमा रहेका महिलाहरुमध्ये ७० प्रतिशत सहरमा र ३० प्रतिशत ग्रामीण क्षेत्रमा रहेको जनाइएको छ ।

बेरोजगारी दरलाई प्रदेशअनुसार हेर्दा सबैभन्दा बढी प्रदेश नं. २ मा २०.१ प्रतिशत र सबैभन्दा कम प्रदेश नं. ३ मा ७ प्रतिशत मात्र रहेको छ । त्यस्तै रोजगारमा रहेको जनसंख्यालाई प्रदेशअनुसार हेर्दा सबैभन्दा बढी ४३.८ प्रतिशत प्रदेश नं. ३ मा र सबैभन्दा कम सुदुरपश्चिम प्रदेशमा २४.१ प्रतिशत रहेको तत्थ्याङ्कमा जनाइएको छ ।

श्रमशक्तिले पाउने पारिश्रमिकमा पनि विभेद रहेको तथ्याङ्कमा उल्लेख छ । श्रमशक्तिको औषत आम्दानी १७ हजार ८ सय ९ रुपैयाँ छ । पुरुषले १९ हजार ४ सय ६४ र महिलाले १३ हजार ६ सय ६० रुपैयाँ आम्दानी गरेको उल्लेख छ । जसअनुसार महिलाले पुरुषको तुलनामा औषत मासिक ५ हजार ८ सय ३४ रुपैयाँ कम कमाउने गरेका छन् ।

हेर्नुहाेस् तथ्याङ्क विभागकाे प्रतिवेदन

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *