What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

मनमोहन अधिकारीले थाल्नुभएका अधुरा कामहरु सरकारले पूरा गर्छ : प्रधानमन्त्री ओली
What To Know
- ओलीले मनमोहन अधिकारीले नेपालमा विकासको नयाँ मोडल सुरु गर्नुभएको बताउनुभएको छ । तत्कालीन नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको २० औं स्मृति दिवसका अवसरमा आज ललितपुरको सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मनमोहनले सुरु गर्नुभएको आफ्नो गाउँ आँफैं बनाउँ कार्यक्रम नेपालका लागि नौलो विकासको मोडल भएको बताउनुभयो ।.
- मनमोहन अधिकारीले विकास र समृद्धिका लागि त्यतिबेलै धेरै काम गर्न खोनज्नुभएको स्मरण गर्नुहुँदै प्रधानमन्त्री ओलीले उहाँले सुरु गर्नुभएका विकास र समृद्धिका योजना हामी पूरा गर्छौं भन्नुभयो ।.
ललितपुर । प्रधानमन्त्री के.पी. ओलीले मनमोहन अधिकारीले नेपालमा विकासको नयाँ मोडल सुरु गर्नुभएको बताउनुभएको छ । तत्कालीन नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको २० औं स्मृति दिवसका अवसरमा आज ललितपुरको सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मनमोहनले सुरु गर्नुभएको आफ्नो गाउँ आँफैं बनाउँ कार्यक्रम नेपालका लागि नौलो विकासको मोडल भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “मनमोहन अधिकारीले विकासको नयाँ मोडेल, सामाजिक सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध र कानुनीराज सुरु गर्नुभयो । उहाँले थाल्नुभएका अधुरा कामहरु वर्तमान सरकारले पूरा गर्छ ।”
मनमोहनका पालामा द्वन्द्व र राजतन्त्र फर्काउने दुईखाले चलखेल सुरु भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “उहाँ ती समस्यालाई सजिलै समाधान गर्नुहुन्थ्यो, तर उहाँसँग समय रहेन । उहाँको उत्तराधिकारीका रुपमा हामीले १२ बूँदे सम्झौत मार्फत द्वन्द्वको समाधान ग¥यौं र राजतन्त्र सदाका लागि बिदा ग¥यौं ।”
मनमोहन अधिकारीले विकास र समृद्धिका लागि त्यतिबेलै धेरै काम गर्न खोनज्नुभएको स्मरण गर्नुहुँदै प्रधानमन्त्री ओलीले उहाँले सुरु गर्नुभएका विकास र समृद्धिका योजना हामी पूरा गर्छौं भन्नुभयो ।