What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
कुन हो सबैभन्दा पुरानो भूकम्प ? नेपालमा गएका भूकम्पहरूको विवरण हेर्नुस्
What To Know
- काठमाडाैँ । नेपालमा गएका भूकम्पहरू मध्ये बाउ बाजेले सुनाउने गरेकाे विं सं १९९० सालकाे र तपाईँ हाम्रो पुस्ताले भोगेको विं सं २०७२ साल बैशाख १२ गतेको बिनासकारी गोरखा भूकम्पको बारेमा निकै चर्चा हुने गरेको छ । तर नेपालमा यस बाहेक पनि अन्य थुप्रै पटक बिनासकारी भूकम्प गएकाे बिभिन्न ऐतिहासिक तथ्यहरूले देखाएका छन् ।.
- १२८० मा गएको भूकम्प हो । यो त्यस वर्षको पौष शुक्ल प्रतिपदाका दिन गएको भनिएको छ ।बीबीसीको रिपोर्ट अनुसार उक्त अध्ययन गर्दा गोपालराजवंशावली, मण्डलवंशावली, भाषावंशावली, नेपालिकभूपवंशावलीसहित पुराना हस्तलिखित पात्राहरूमा उल्लेख गरिएका विवरणहरू भेला पारेर नेपालका भूकम्पहरुका बारे तथ्यहरू खोजिएको हो । त्यस क्रममा एकै साल पनि धेरैवटा भूकम्पहरू गएको तथ्य भेटिन्छ । चाँडचाँडै दोहोरिएका भूकम्प हरू अहिले भन्ने गरिएको पराकम्प पनि हुनसक्ने रिपोर्टमा उल्लेख छ ।.
काठमाडाैँ । नेपालमा गएका भूकम्पहरू मध्ये बाउ बाजेले सुनाउने गरेकाे विं सं १९९० सालकाे र तपाईँ हाम्रो पुस्ताले भोगेको विं सं २०७२ साल बैशाख १२ गतेको बिनासकारी गोरखा भूकम्पको बारेमा निकै चर्चा हुने गरेको छ । तर नेपालमा यस बाहेक पनि अन्य थुप्रै पटक बिनासकारी भूकम्प गएकाे बिभिन्न ऐतिहासिक तथ्यहरूले देखाएका छन् ।
नेपालका प्राचीन टिपोट र अभिलेखहरूको अध्ययनले नेपालमा गएका भूकम्पहरुमध्ये ऐतिहासिक तथ्य भेटिएको सबैभन्दा पुरानो भूकम्प भनेको वि.सं. १२८० मा गएको भूकम्प हो । यो त्यस वर्षको पौष शुक्ल प्रतिपदाका दिन गएको भनिएको छ ।बीबीसीको रिपोर्ट अनुसार उक्त अध्ययन गर्दा गोपालराजवंशावली, मण्डलवंशावली, भाषावंशावली, नेपालिकभूपवंशावलीसहित पुराना हस्तलिखित पात्राहरूमा उल्लेख गरिएका विवरणहरू भेला पारेर नेपालका भूकम्पहरुका बारे तथ्यहरू खोजिएको हो । त्यस क्रममा एकै साल पनि धेरैवटा भूकम्पहरू गएको तथ्य भेटिन्छ । चाँडचाँडै दोहोरिएका भूकम्प हरू अहिले भन्ने गरिएको पराकम्प पनि हुनसक्ने रिपोर्टमा उल्लेख छ ।
गोपालराजवंशावली अनुसार वि.सं. १३१२ को भूकम्पमा त्यसबेलाका राजा अभय मल्लको मृत्यु भएको उल्लेख छ । त्यस भूकम्पले देवल र घरहरू धेरै भत्किएको र तीन भागको एक भाग प्रजाहरूको मृत्यु भएको भन्ने विवरण छ । त्यसबेला चार महिनासम्म जमिन हल्लिरहेको वंशावलीमा उल्लेख भएकोले उसबेला पनि अहिले जस्तै पराकम्पहरू आएका रहेछन् भन्ने बुझिन्छ ।
वि.सं. १४०१ मा गएको भूकम्पलाई चाहिँ ठूलो भूकम्प भनेर गोपालराजवंशावलीमा लेखिएको छ । त्यो भूकम्प दशैँको फूलपातीका दिन गएको रहेछ । त्यसको भोलिपल्ट महाष्टमीका दिन राजा अरि मल्लको मृत्यु भएको ऐतिहासिक विवरण भेटिएको छ ।
वि.सं. १२८० देखि वि.सं. १९९० सम्ममा ४८ वटा भूकम्पहरू गएका विवरणहरू तथ्यसहित भेटिएका छन् । त्यस यता २०४५ सालमा मझौला खालको र २०७२ सालमा ठूलो भूकम्प गएका हुन् । झन्डै आठ सय वर्ष (७९५ वर्ष)को नेपालको इतिहासमा २०४५ सालको भूकम्पलाई पनि सामेल गर्दा कुल ५० वटा ठूला भूकम्प गएको देखिन्छ। कतिपय ऐतिहासिक विवरणहरूमा ती भूकम्पहरूले ठूलो क्षति पुर्याएको उल्लेख छ ।
नेपालमा गएका भूकम्पहरूको विवरण
| वर्ष (वि.सं.मा) | महिना वा पक्ष | गते वा तिथि |
|---|---|---|
| १२८० | पौषशुक्ल | प्रतिपदा |
| १३१२ | आषाढशुक्ल | द्वितीया |
| १३३५ | माघशुक्ल | प्रतिपदाभन्दा अघि |
| १४०१ | आश्विनशुक्ल | सप्तमी |
| १४६७ | अधिक भाद्रशुक्ल | द्वादशी |
| १५६४ | आषाढशुक्ल | तृतीयाभन्दा अघि |
| १६२७ | श्रावणशुक्ल | पञ्चमी |
| १७३८ | ज्येष्ठशुक्ल | सप्तमी |
| १७७१ | अधिक आषाढकृष्ण | द्वितीया |
| १८२४ | आषाढ | १७ गते |
| १८२४ | भाद्र | ५ गते |
| १८४७ | माघ | १७ गते |
| १८५५ | वैशाख | ३ गते |
| १८५५ | वैशाख | ३० गते |
| १८५५ | ज्येष्ठ | ८ गते |
| १८५५ | ज्येष्ठ | १० गते |
| १८५५ | माघ | १७ गते |
| १८६५ | ज्येष्ठ | २४ गते |
| १८६८ | फाल्गुन | ३ गते |
| १८६९ | माघ | १६ गते |
| १८७७ | अधिक ज्येष्ठशुक्ल | पञ्चमी |
| १८७८ | चैत्र | २३ गते |
| १८७९ | आश्विन | ४ गते |
| १८८० | कार्तिककृष्ण | द्वादशी |
| १८८२ | कार्तिक | २५ गते |
| १८८३ | कार्तिक | १४ गते |
| १८८३ | कार्तिक | १५ गते |
| १८८३ | कार्तिक | १६ गते |
| १८८३ | माघ | ८ गते |
| १८८७ | कार्तिक | ७ गते |
| १८९० | अधिक भाद्रशुक्ल | द्वादशी |
| १८९१ | आषाढ | २९ गते |
| १८९१ | भाद्र | ३० गते |
| १८९१ | आश्विन | १२ गते |
| १८९१ | आश्विन | १५ गते |
| १८९६ | चैत्र | २६ गते |
| १८९७ | भाद्र | ५ गते |
| १८९८ | आषाढ | ३२ गते |
| १८९९ | ज्येष्ठ | १० गते |
| १९०० | माघ | १५ गते |
| १९१४ | ज्येष्ठ | २७ गते |
| १९२३ | ज्येष्ठ | ११ गते |
| १९३८ | ज्येष्ठकृष्ण | चतुर्दशी |
| १९३८ | ज्येष्ठशुक्ल | पञ्चमी |
| १९३९ | ज्येष्ठकृष्ण | चतुर्दशी |
| १९४२ | ज्येष्ठ शुक्ल | त्रयोदशी |
| १९४२ | आषाढकृष्ण | प्रतिपदा |
| १९९० | माघ | २ गते |
| २०४५ | भाद्र | ५ गते |
| २०७२ | वैशाख | १२ गते |






