What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
एनपिएल : विराटनगरमाथि लुम्बिनीको सानदार जित, प्लेअफको सम्भावना बलियो
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबार भएको खेलमा विराटनगर किंग्समाथि लुम्बिनीले शानदार जित निकालेको छ । टस जितेर सुरुमा बलिङ गरेको लुम्बिनी लायन्सले विराटनगर किङ्सले जितका लागि दिएको एक सय ४५ रनको लक्ष्य पाँच विकेटको क्षतिमा १७ ओभर चार बलमा भेट्टाएको हो ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४४ रन बनाएको थियो
विराटनगरका लागि लोकेश बमले ३५ रन बनाए । उनले ४२ बलमा दुई चौका र दुई छक्का हाने । यस्तै बसिर अहमदले २८, साम हिजलेटले २७, प्रतिश जिसीले ११ र मर्सेन्ट डे लन्जले १० रन बनाए । अन्तिममा एक बल खेलेका सन्दीप लामिछानेले एउटा छक्का प्रहार गरे ।

आजै पहिलो खेल खेलेका फाफ डुप्लेसी १२ रनमा आउट भए । ओपनिङमा खेलेका डुप्लेसी खासै चल्न सकेनन् । बलिङमा लुम्बिनीका लागि शेर मल्लले तीन विकेट लिए । उनी प्लेयर अफ द म्याच बने। लुम्बिनीका लागि अविशेष गौतम, जेजे स्मिथ र रुवेन ट्रम्पलम्यानले एक एक विकेट लिए ।
१४५ रनको लक्ष्य पछ्याएको लुम्बिनीको जितमा डार्सी सटले अर्धशतक बनाए । ४४ बलको सामना गर्दै उनले ६ चौका र दुई छक्काको मद्दतमा ५७ रन बनाए । लुम्बिनीका लागि निरोशन डिकवेलाले २९ रन बनाउँदा सन्दीप जोराले २४ रन जोड्दा दिलिप नाथले १६ र सुमित महाराजनले १० रन थपे ।
विराटनगरका लागि सुवास भण्डारी र सन्दीप लामिछानेले दुईदुई विकेट हात पार्दा बसिर अहमेदले एक विकेट हात पारे ।
यो जितसँगै ६ खेलबाट ६ अंक जोडेको लुम्बिनी तालिकाको चौथो स्थानमा उक्लिएको छ । ६ खेल खेलबाट आठ अंक बनाएको विराटनगर तालिकाको तेस्रो स्थानमा छ । यो जितसँगै लुम्बिनीको प्लेअफको सम्भावना बलियो बनेको छ ।






