हुम्लामा अज्ञात रोगले ८ जनाको मृत्यु

हुम्ला । हुम्लामा अज्ञात रोगका कारण ८ जनाको मृत्यु भएको छ।पहिचान हुन नसकेको रोगका कारण ताँजाकोट गाउँपालिकामा २ बालबालिकासहित ८ जनाको मृत्यु भएको हो।

अज्ञात रोगका कारण ताँजाकोट गाउँपालिका वडा नम्बर १ का ७० वर्षीया कुशुमा रिठाल र ६० वर्षीय सुरजित खड्का, वडा नम्बर २ का ५५ वर्षीय रंगे कोली र ५ वर्षकी सुनकेसा सुनारको मृत्यु भएको स्थानीय मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले जानकारी दिनुभयाे ।

यस्तै वडा नम्बर ३ की ७० वर्षीया अम्मकली मल्ल, ७५ वर्षीय बज्जीरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महिनाका सञ्जिव थापाको मृत्यु भएको हो।

सुरुमा टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने र अन्त्यमा बिरामीको मृत्यु हुने गरेको छ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी ढोलकराज ढकालले प्रदेश सरकारसँग समन्वय गरेर स्वास्थ्यकर्मीको टोली प्रभावित गाउँतर्फ पठाइसकिएको जानकारी दिनुभयाे । ढकालका अनुसार सदरमुकाम सिमकोटबाट  पैदलै जानुपर्ने भएकाले भोलिमात्र प्रभाबित स्थानमा पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *