What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

कक्षा ११ र १२ काे प्रश्नपत्र राखिएको कोठामा सीसीटीभी
What To Know
- कक्षा ११ र १२ को परीक्षा वैशाख १५ देखि जेठ ८ गतेसम्म सञ्चालन हुँदैछ । बोर्डका सदस्यसचिव दुर्गा अर्यालले कक्षा ११ मा पाँच लाख आठ हजार ४९४ र कक्षा १२ मा चार लाख २८ हजार ५२ गरी कुल नौ लाख ३६ हजार ५४६ परीक्षार्थी सहभागी हुने जानकारी दिनुभयो ।.
- पत्रकार सम्मेलनमा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले कक्षा ११ र १२ का लागि देशभरिमा एक हजार १०७ परीक्षा केन्द्र कायम गरिएको जानकारी दिनुभयो । परीक्षालाई मर्यादितरूपमा सञ्चालन गर्न १३ हजार २८४ जना सुरक्षाकर्मी परिचालन गर्न लागिएको छ । परीक्षामा अमर्यादित कार्य गर्नेलाई छ महिना कैद र एक लाख रुपियाँसम्म जरिवानाको व्यवस्था छ ।.
भक्तपुर। एसईई परीक्षामा प्रश्नपत्र चोरी भएपछि राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र राखिएको कोठामा २४ घण्टा सीसीटीभीको व्यवस्था गरेको छ । बोर्डले वैशाख १५ गतेबाट कक्षा १२ को र वैशाख २९ गतेबाट कक्षा ११ को वार्षिक परीक्षा सञ्चालन गर्दैछ । परीक्षामा अनियमितता हुन नदिन यसपटकबाट कडाइ गर्ने भएको छ ।
बोर्डले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले एसईई परीक्षाको जस्तो घटना दोहोरिन नदिन आफूहरू सचेत रहेको जानकारी दिँदै भन्नुभयो, “प्रश्नपत्र राखिएको ठाउँमा चौबीसै घण्टा सीसीटिभीको व्यवस्था गरिएको छ । सुरक्षाकर्मीसहितको कन्ट्रोल रूमको पनि थालनी गर्नेभएका छौँ ।”
प्रश्नपत्र गल्ती भएमा सबै केन्द्राध्यक्षलाई मोबाइल फोनबाट एकैसाथ तत्काल एसएमएस पठाउने व्यवस्था पनि गरिएको छ । विद्यार्थीलाई भने परीक्षा केन्द्रमा मोबाइल फोन लैजान प्रतिवन्ध लगाइएको छ भने क्याल्कुलेटरबाहेक इलेक्ट्रोनिक्स साधन पनि लैजान निषेध गरिएको छ ।
कक्षा ११ र १२ को परीक्षा वैशाख १५ देखि जेठ ८ गतेसम्म सञ्चालन हुँदैछ । बोर्डका सदस्यसचिव दुर्गा अर्यालले कक्षा ११ मा पाँच लाख आठ हजार ४९४ र कक्षा १२ मा चार लाख २८ हजार ५२ गरी कुल नौ लाख ३६ हजार ५४६ परीक्षार्थी सहभागी हुने जानकारी दिनुभयो ।
सबैभन्दा कम मनाङमा कक्षा ११ मा ५१ र कक्षा १२ मा ५९ परीक्षार्थी सहभागी हुनेछन् भने सबैभन्दा बढी काठमाडौँमा कक्षा ११ मा ७१ हजार ५२७ र कक्षा १२ मा ६२ हजार ५८८ परीक्षार्थी सहभागी हुने जनाइएको छ ।
पत्रकार सम्मेलनमा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले कक्षा ११ र १२ का लागि देशभरिमा एक हजार १०७ परीक्षा केन्द्र कायम गरिएको जानकारी दिनुभयो । परीक्षालाई मर्यादितरूपमा सञ्चालन गर्न १३ हजार २८४ जना सुरक्षाकर्मी परिचालन गर्न लागिएको छ । परीक्षामा अमर्यादित कार्य गर्नेलाई छ महिना कैद र एक लाख रुपियाँसम्म जरिवानाको व्यवस्था छ ।